Posted by: Nepe October 11, 2005
Love
Login in to Rate this Post:     0       ?        
निर्माणको कुराले झण्डै झसंग भएँ म । बहकिएछु कि क्या हो गाँठे यो रुमानी लप-सपको कुरा आएसी भनेर । निर्माणज्युका शब्दहरुमा पाकिस्तानका स्वर्गिय कवि फैज अहमद 'फैज' को प्रख्यात विद्रोही पंक्ति "है और भी गम दुनियाँ मे महब्बत के सिवा" को प्रतिध्वनि सुन्छु । फैज साहब को प्रसिद्ध राष्ट्रिय गीत "दुआ" का यी आरम्भिक पंक्ति उत्तिकै प्रिय लाग्छन मलाई, आएं हाथ उठाए हम भी हम जिन्हे रश्म-ए-दुआ याद नहि हम जिन्हे सोज-ए-मुहब्बत के सिवा कोई बुत कोई खुदा याद नहि (आउ, हात उठाऔं हामी पनि हामी, जो प्रार्थनाको अर्को तरिका जान्दैनौं हामी, प्रेमको आगो बाहेक कुनै मुर्ति, कुनै ईश्वरलाई मान्दैनौं) फैज साहब र निर्माणज्यूलाई म के जवाफ दिउँ ? जायज होला नहोला, आफ्नै एउटा पुरानो शेर पो उठाउँ कि भन्या जस्तो लाग्यो मलाई त, धर्म छाडेका पाईलाले अझै छैनन् मेरा यत्ति हो यो भिरमा हिंड्दा किञ्चित धर्मराएँ - http://www.sajha.com/sajha/html/userinfo.cfm?username=Nepe *** *** *** *** **** *** निर्माणलाई जवाफ त दिएँ, तर यो रुमानी लप-सपको पनि गफ गर्ने धित भने म-या छैन है मलाई । लत्तो छाडेर बरालिन पो हुन्न, अलिकति गफ अर्न त भई हाल्च नि हैन र भन्या ? कुरो के भने यी म्याउटिस बुईनीले रुमानी लप प्रति शंशय (skepticism) व्यक्त गरे पछि म पनि आफ्नै त्यस्तै अनास्था (atheism), शंशय र भ्रम (confusion) को लामो र कष्टपूर्ण ईतिहास सम्झन पुगेको छु । क्यारम क्यारम भो क्या । एनिवे, पिरिमप्रति मेरो आस्था र समझदारीको पुनर्स्थापना भईसक्या छ । अब कुनै दिन आत्मजीवनी लेख्ने आँट आएछ भने बाँडम्ला यो कहानी । Nepe
Read Full Discussion Thread for this article