Posted by: Nepe October 9, 2005
Love
Login in to Rate this Post:     0       ?        
मेरो प्रेम सम्बन्धी चिन्तनसंग सर्वाधिक नजिक हुने हिन्दी गीतको पंक्तिहरु हुन् प्यार किया नहि जाता, हो जाता है दिल दिया नहि जाता, खो जाता है कृत्रिम (गरिएको) प्रेम प्रेम होईन । तर फेरि प्रेम शुन्यमा उम्रने भावना पनि होईन । शुन्यमा उम्रने प्रेम प्रेमको आंशिक तत्व मात्रै हो । प्रेम उर्वर भूमिमा उम्रन्छ । गरिने प्रेम आफैमा प्रेम नभए पनि त्यसले प्रेमको भूमिलाई उर्वर बनाउन भने सक्छ । वास्तवमा प्रयासमा शुरु भएका सफल प्रेमको रामकहानी मा प्रेम-उर्वरता संबर्धनका कैयौं खण्डहरु (chapters) हुन्छन् । यसरी प्रयासमा प्रेम संभव हुने हुनाले, माथिको गीतको बोलबाट अलिक गलत अर्थ पनि निक्लन सक्ने सम्भावनामा भने सावधान रहनुपर्छ । प्रेमको राहत हुँदैन, तर बिउ हुन्छ । यसको जगेर्ना गरौं । यहि नै मेरो दशैंको शुभकामना सम्पूर्ण प्रेम-प्रत्यार्शीहरुलाई !
Read Full Discussion Thread for this article