Posted by: Ok October 8, 2005
Manju, Malai Maaf Gara Hai !--II
Login in to Rate this Post:     0       ?        
"ममी सुरुमा चाहीँ अलिक रिसाउनु भाथ्यो। गाँउका आईमाईहरुले पँधेरामा के के कुरा गरे रे। बाबाले त पहिले नै त्यस्तो नराम्रो कुरा गर्ने भनेर ममीलाई गाली गर्नु भको थियो। मैले सबैकुरा बताएपछि उहाँहरुले कुरा बुझ्नु भको थियो। तर मैले नै हतारमा त्यो चिठ्ठी लेखेँछु। पछि बाबा र ममीले कस्तो गाली गर्नु भो मलाई" उनले आफ्नै गल्ति देखाईन्। 'खै के हो के हो? मञ्जुले बनावटी कुरा पो गरेकी हुन् कि?' मैले उनको कुरामा पुरै बिश्बास गरिन। "शुक्रबार...शुक्रबार त म घर जानु पर्छ।" मैले सकेसम्म टार्ने कुरा गरेँ। "शनिबार बिहानै जानु होला नि घर।" उनले बैकल्पिक उपाय देखाईन्। "अहँ हुन्न, मेरो कति काम छ घरमा" मैले मानिन। "दाई, तपाईँ तेसो नभन्नु न, प्लिज त्यो दिन हाम्रोमा बस्ने है! प्लिज हुन्छ भन्नु न!" उनले पहिला पहिलाको लाडे स्बभाब देखाईन्। मैले हार्न सकिन र हुन्छ भनिदिएँ। हामी फेरी बाटो लाग्यौँ। बाटामा हाम्रो गाँउ पञ्चायतको तत्कालिन प्रधानपञ्च शेरबहादुरसँग भेट भयो। 'कता हिड्नु भो प्रधानपञ्च ज्यु' मैले सधैँ भेट्दा गर्ने कर्तब्य पूरा गरेँ। "यसो सि.डि.ओ. साबले बोलाउनु भाको रछ, भेट्न पर्यो" उस्ले सधैंको जस्तो सतही कुरा ग-र्यो। हुन त शेरबहादुरसँग राम्रो सँबन्ध थिएन हाम्रो घरको, त्यसमाथी यो बर्षको दशैंमा मेरो अग्रसरतामा देखाएको नाटक देखि त उस्को र हाम्रो घरको संबन्धमा निकै नै तुषारापात् आएको थियो। तैपनि भेट्दाखेरी चाहीँ म उस्लाई नमस्कार गरेर सञ्च बिसञ्च चाहिँ सोध्थेँ। मानौ यसो गर्नु मेरो बानी नै परेको थियो, अर्थात धेरैजनाले तेसैगर्थे र मैले पनि गर्थेँ। साझाल्यान्ड, असोज २२, २०६२
Read Full Discussion Thread for this article