Posted by: Ok October 8, 2005
Manju, Malai Maaf Gara Hai !--II
Login in to Rate this Post:     0       ?        
"मञ्जु, म तिम्रो घरमा बसेर साह्रै दु:ख दिएँ है, सरी ल!" मनमनमा चाहिँ उनको घरमा नबसे पनि केहि गर्न सकेँ त भनेर धक्कुलाउने बिचार खेलाउँदै उनको मन जाँच्न खोजेँ पुरानो कुरा निकाल्दै। बास्तबमा के कुरा भएर मञ्जुले त्यस्तो चिठ्ठी लेखिन् भन्ने कुरा जान्न चाहन्थेँ म। "ओमदाई, सरी त तपाईँले हैन, मैले पो माग्नु पर्ने त।" उकालोमा स्याँ स्याँ हुँदा पनि एकैछिन् सास रोकेर मलिनो स्वरले बोलिन्। उनको बोलीमा कुनै बनावटीपन थिएन "दाई तपाईँ धेरै रिसाउनु भो है, मसँग?"। "म काँहा रिसाको छु र? भाईबैनी पनि सँगैछन् । ट्युशन पनि पढाउनु पर्छ। अलिक म बेफुर्सदी छु के" मैले बनावटी कुरा गरेँ। "अनि किन तपाई मसँग सधैँ तर्केर हिड्नु हुन्छ त?" उनले म रिसाएको प्रमाण देखाईन्। "म तर्केको हैन के, बरु तिमी पो होला?" मैले उल्टै उनलाई दोष दिँए। "होला नि म। ल जे हुनु भैगो अब चाहीँ त्यसरी तर्केर नहिड्ने है त। दाई ल भन्नुस् न! अब हामी फेरी पहिलेको जस्तै मिल्ने है!" उनको अनुहारले अनुरोध गरेको प्रष्टै झल्कायो। "ल बाबा ल, भयो अब?" केटीमान्छेको अगाडि म हुन्न भन्न नै काहाँ सक्थेँ र? "ओमदाई, थ्यांक्यू" मञ्जु मुसुक्क मुस्काईन्। त्यसपछि त उनका पाईला पनि छिटोछिटो चल्न थाले उकालै भएपनि। अलिक माथि पुगेर चिलाउनेको रुखको छहारिमा एकछिन् उभियौँ, पसिना पुछ्न। साह सर र डम्मरे पनि माथ्लो डिलको छहारीमा बसिराखेका रहेछन्। "ओमदाई, अर्को हप्ता, आजको ठ्याक्कै १ हप्ता पछि शुक्रबार बेलुका हाम्रो घरमा सत्यनारायणको पूजा लगाउने। तपाईलाई पनि निम्तो है। बाबा र ममीले पनि त्यो दिन चाहीँ जसरी पनि ओमलाई बोलाउनु पर्छ भन्नु भा छ" मञ्जुले मलाई निम्तो दिईन्। "ममीले? ममी त म सँग रिसाउनु भा छ हैन र?" उनको चिठ्ठीको आधारमा मैले आफूलाई लागेको कुरा भनेँ। क्रमश
Read Full Discussion Thread for this article