Posted by: Ok October 8, 2005
Manju, Malai Maaf Gara Hai !--II
Login in to Rate this Post:     0       ?        
"बडादशैँ २०६२ को शुभ-उपलक्ष्यमा सम्पूर्ण साझाबासीमा हार्दिक मंगलमय शुभ-कामना !" -ओके मञ्जु, मलाई माफ गर है! आत्मकथा-ओके खण्ड २७ एक किसिमले अब फेरी राम्रै ब्यबस्था भयो। ट्युशन पढ्ने केटाकेटीको पनि खाँचो भएन। केटाकेटीहरु सोध्दै कोठैमा आईपु्ग्थे। कोही पहिला मैले ट्युशन पढाउने केटाहरुले भनेको भनेर आँउथे त कोही मञ्जुले भनेको भनेर भन्थे। फागुन १ गतेबाट मञ्जुले पठाएको भनेर पढ्नलाई कक्षा ९ का तीनजना केटीहरु आए। मैले उनिहरुलाई 'अहिले म भ्याउँदिन, अलिक पछिबाट पढौँला है' भनेर फर्काईदिएँ। तेतिखेर सम्म मेरो बिहान १ टोली र बेलुका १ टोली गरेर छसातजना भैसकेका थिए। जम्मै केटाहरु मात्रै थिए, केटीहरु थिएनन्। आफूले पनि त पढ्नै प-र्यो नि। साच्चै नै भन्ने हो भने मेरो बानी निकै परिबर्तन भैसकेको थियो। बिना गल्ति मञ्जुको घरबाट निस्कनु परे पनि आफूले केहि गरेर देखाउन सकेकोमा घमण्ड लाग्थ्यो। म आफ्नो बिगत नहेरी निकै नै देखासेखि गर्ने भैसकेको थिएँ। घनश्यामसरको परिवारको अगाडि केही गरेर देखाउने नचाहीँदो सनक ममा देखा पर्न थालेको थियो। मञ्जुको घरबाट ननिस्केको भए भाईबैनी पनि स्कुल पढ्न पाँउदैनथे भन्ने सम्मको सोचाई पनि घुम्थ्यो। २०४६ साल फाल्गुन १२ गते शुक्रबार। यसपालीको शिक्षा दिवसका दिन टोलीनेता भएर म जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगितामा भाग लिन जाने कुरा भयो। कक्षा ९ बाट मञ्जु र कक्षा १० सेकेण्ड ब्बाई डम्मर कार्की सहित ओखल्ढुंगा जाने भयौँ। शुरुमा म रामपुर आँउदाको दुष्मन् डम्मरे मेरो जिग्री दोस्त भैसकेको थियो। हामीलाई लिएर शाह सर जाने हुनु भो। सामान्यज्ञानमा पनि राम्रो ज्ञान थियो शाहसरलाई। लोकसेवाको परीक्षाको तयार गर्नु भा रै छ पहिले। केहि सिप नलागेपछि मात्र पहाड-हिमालतिर हान्निनु भा रै छ। सरसँगै जानु परेकोले हामी केटाकेटीहरुले ब्यक्तिगत धेरै गफ गर्न पाएनौ। बाटाभरि बरु सामान्यज्ञानकै कुराहरु गर्दै गयौँ। स्कुले बिद्यार्थी न परियो, चुस्स मात्र समय मिले पनि गफ त चलि हाल्थे नि! मञ्जुको घरमा बस्न छोडेदेखि मञ्जुसँग राम्रोसँग पहिलो पटक बोलेँ त्यसदिन। केटीमान्छे, मञ्जुलाई उकालो बाटो हिड्न त निकै गाह्रो हुने। डम्मरे र शाहसर उकालोमा निकै अगाडि हुन्थे, मञ्जु र म अलिक पछि पछि। क्रमश
Read Full Discussion Thread for this article