Posted by: Umesh Giri October 6, 2005
Hamro Neta Boston Aunu Bha ho?
Login in to Rate this Post:     0       ?        

समयको अभावले प्रश्नोत्तर कार्यक्रम छोटो भएको थियो। गगन र मेरो भेट पहिले पनि भएको तर यो नै पहिले राजनैतिक अन्तरक्रिया थियो। त्यो अन्तरक्रियाका आधारमा मैले उनलाई राष्ट्रप्रति गहन चिन्तित र अब केही गर्नु पर्छ भन्ने जोशिला ब्यक्तिको रुपमा पाए। उनी स्पष्ट वक्ता रहेछन्। उनी नेतृत्व वर्गसंग पनि सन्तुष्ट छैनन्। त्यसैले उनलाई भविश्यमा एउटा सुधारिएको नेताको रुपमा पाउने आशा गर्न सकिन्छ। भाषण र प्रश्नोत्तरको क्रममा उनले नया तर्कहरु पेश गर्न पूर्णतः असफल रहे। उनीसंग मैले यहांनिर बढी आश गरेको थिए। हुनत एउटा भेटबाट ब्यक्तिको सही मूल्याङकन गर्न गाह्रो हुन्छ। तर गल्ति स्वीकार गर्नु सिवाय कसरी अघि बढ्ने भन्ने ठोस तर्क दिन सकेनन्। पहिलेका विद्यार्थी नेताहरु शेर बहादुर देउवा, वाल कृष्ष खांडमा पनि यो खालको प्रतिभा नभएको हैन। परिणाम हेर्न त हामीले पर्खनै पर्छ।
Read Full Discussion Thread for this article