Posted by: Umesh Giri October 6, 2005
Hamro Neta Boston Aunu Bha ho?
Login in to Rate this Post:     0       ?        
गगन थापालाई डी. सी. स्थित कार्यक्रममा मैले पनि भेट्ने मौका पाए। धेरै चर्चामा आएका विद्यार्थी नेता भएका हुनाले प्रत्यक्ष भेट्ने मेरो पनि धोको थियो, पूरा भयो। कार्यक्रममा उनी किन अमेरिका आए भन्ने जानकारी दिदै उनले देशको वस्तुस्थितको बारेमा बताए। शाह वंशीय राजाहरुको ईतिहास एक एक गरी विश्लेषण गर्दै कसले नेपालीको लागि के ग-यो भन्ने प्रश्न गरे। नेपालीहरुले सधै राजसंस्थासंग आफ्नो हकको लागि लड्नु परेको कुरा ००७ साल, ०१७ साल, ०३६ साल र ०४६ सालको उदाहरण दिदै भने। यसरी बारम्वार नेपालीहरुले आफ्नो हकको लागि एउटै संस्थासंग लड्नु परेकोले देश र जनताले यो हविगत ब्यहोर्नु परेको बताउदै अबको युद्ध राजसंस्थासंग अन्तिम हुने र त्यसका लागि हामी (उनी) हरुले आफ्नो ज्यानको बाजी राखेको जनाए। राजसंस्थाको जरो उखेले पछि सम्विधान सभाद्वारा नेपालीले आफ्नो अधिकार आफै लेख्ने र सुन्दर नेपालको निर्माण गर्ने प्रतिवद्धता देखाउदै आफ्नो भनाई टुङ्ग्याए। गगनको सम्वोधन पछि छोटो प्रश्नोत्तर कार्यक्रम भयो। कार्यक्रमा सोधिएका केही प्रश्नहरुको भाव यस प्रकार छन्। १. राजाले देउवाको सरकारलाई ढाल्दैछन् भन्ने हल्ला चल्यो र ढाले पनि। राजाले शक्ति आफ्नो हातमा लिदैछन भन्ने हल्ला चल्यो र लिए पनि। र अहिले नया सम्विधान निर्माण गर्दैछन् भन्ने हल्ला चलेको छ र सायद त्यो पनि गर्लान्। जब राजाले केही गर्छन अनि नेताहरु त्यसको विरोधमा आन्दोलन गर्छन्। नेताहरु सधै किन यसरी reactive रुपमा मात्र प्रस्तुत हुने। राजाले यो कदम उठाए भने हामी यो गर्छौ भनेर किन आफूलाई proactive रुपमा प्रस्तुत नगर्ने? २ राजसंस्थालाई आफ्नो विधानबाट हटाएपछि अब नेपाली कांग्रेस र माओवादी मा के भिन्नता छ? ३ तपाईले सरकारी पक्षले राजनैतिक पार्टी र कार्यकर्तालाई गरेको दमनको बारेमा बताउनु भयो। अर्को पक्ष जनताले राजनैतिक कार्यकर्ताहरुको दमन खपिरहेका छन्। सधै नेपाल बन्द गरेर सर्व साधारणको रोजी रोटी गुमेको छ। स्कूलका विद्यार्थीहरुले स्कूललाई शान्ति क्षेत्र घोषणा गरियोस भनेर माग राखेका छन्। विद्यार्थि नेताको हैसियतले यसलाई तपाईले कसरी लिनु भएको छ? ४ तपाईले राजालाई फ्याके पछि र सम्विधान सभाको निर्वाचर पछि सबै कुरा ठीक ठीक ठाउमा आएर बस्छ र सबै समस्याको समाधान हुन्छ भन्ने भनाईलाई पुनर्विचार गर्नुहोस। यो तपाईलाई प्रश्न भन्दा पनि मेरो criticism हो। तपाई भोलीको नेता हो। त्यसैले समस्यालाई हरेक कोणबाट हेरेर मात्र निर्क्यौल निकाल्नुस्। कहिल्यै राजै नभएका देशहरु राम्रा पनि छन, कत्तम पनि छन्। सम्विधान सभाद्वारा सम्विधानको निर्माण गरेका देशहरु पनि हाम्रो जस्तै समस्या ब्यहोरि रहेका छन्। जहां भने जस्ता राजा छन्, त्यहां भने जस्ता पार्टी पनि छन्। हाम्रा समस्याहरु धेरै छन्। त्यसैले एउटै कुरालाई समस्याको केन्द्र विन्दु बनाएर दोष दिनु गलत पो हो कि?
Read Full Discussion Thread for this article