Posted by: Dada_Giri October 3, 2005
Login in to Rate this Post:
0
?
अध्याय २१
-----------
"काँ हो नानी तिम्रो घर ?
काँ हो माइती मामोली ?
नानी त रैछिन् हाम्रै दामोली
हा हा,
नानी त रैछिन् हाम्रै दामोली!
हा हा,
मै लुरे नि भयो तन्नेरी
... ... ..."
तितेपानी मिनेले आज पनि बिजुली चढाएर आएछ। बिहान सञ्जु पोखरीमा जाकिएको खैलोबैलोले काम साम रोकियो केरे। दिउसो सबै कामतिर जान परो, लाखापाखा लाए।
बेल्का राजुले डोरी बाट्दै थियो मैले र सञ्जुले २टा २टा त्यान्द्रा तेल्लाई पास दिँदै डोरी अगाडि बढ्दै थियो। डोरी बाँधेसी त अब पिङ् खेल्न जो पाइनी भओ केरे।
"हाम्रो गाममा यस्तो राम्रो तरुनी को आयो हँ?" रक्सी खाऽर खुट्टा सुट्टा लरबर गरेको मिनेले त्यो जुनको ओझेलमा परेकी सञ्जुलाई के चिनोस्?
ऊ लाहुर जाँदा सञ्जु सानै थिई। चिन्ने कुरो नि आऽन केरे नि।
सञ्जु त के गर्ने गर्ने? अलमलमा परी।
"ए मिने दाइ पनि आऽका यसपाली त?" सञ्जुले बोलेर नसक्दै राजुले प्रतिकृया दियो। "खालास् ए मिने! अस्तिको चोट बिर्सिस्। राती राती धेरै नभुक।"
"यो तेरो कुकुर ठिक छैन। तेरो कुकुर हो भुक्नी? मलाई तैँले तेरो कुकुर सम्झ्या छस्।"
"ल है दादा गिरी तिमी यहिँ छौ, मलाई दमैका राजुले कुकुर भनो, सुनेऊ केरे हैन?"
"मैले यल्लाई जान्या छु।" मनिपुरमा भाऽ भे यस्ता नाथेलाई नालीमा फाल्न हुन्थ्यो यहाँ नाली साली छैन क्यार्नु। नत्र मैले जान्या थेँ।" भन्दै मिने उकालो लाग्यो र समिचोरे साहिँलाकाँ पस्यो।
"लेऊ अरु २ बोतल! हिङ् नभाऽनि हिङ् बाँध्या टालो त छ नि साहीँली। तिम्रो बुढाजस्तो भर्ति नभाऽ नि लाउरे त हो गाँठे।" नेपथ्यमा सुनिदै थियो। मिनेले रक्सी नखा बेलाँ
भाउजु भन्थ्यो खाऽ बेलाँ साहिँली भन्थ्यो किन हो कुन्नि।