Posted by: kick September 30, 2005
Girija making the deal
Login in to Rate this Post:     0       ?        
विदेशी आगमन र राष्ट्रियता वर्तमान युग १४ औं शताब्दी होइन, एक्काइसौं शताब्दी हो र अब विश्व्ाव्यापीकरणविना कुनै देश रहन सक्तैन । त्यसैले अब प्रजातान्त्रिक आन्दोलन एउटा देशको मात्र विषय हुन सक्तैन । भारतीय नेताहरू आउँदा विमानस्थलमै शाही सरकारका समर्थकहरूले कालो झण्डा देखाएका छन् । यसबाट यो सरकारको वास्तविक समर्थक कति छन् भन्ने पनि पुष्टि भएको छ । कोही पनि छिमेकीको घरमा आगो लाग्दा नदेखेझैं गर्न सक्तैन र हुँदैन पनि । भारतीयहरूको आगमन पनि राष्ट्रियता बिगार्न होइन, राष्ट्रियता एकत्रित गर्न आएको हो भन्ने बुझ्नुपर्छ । फेरि देशको बजेटमा ठूलो अंश विदेशी सहयोगको आशा गर्नुचाहिँ राष्ट्रवाद तर विदेशीहरूले प्रजातान्त्रिक पद्धतिको लागि सहयोग गर्नु कसरी राष्ट्रियतामाथिको हस्तक्षेप भयो ? शाही सरकारले बुझ्न जरुरी छ, प्रजातान्त्रिक पद्धति रेडियो नेपाल र नेपाल टेलिभिजनबाट बोलिने र देखाइनेमात्र होइन, यो त विश्व राजनीतिको मुटु हो । जनतालाई झुक्याएर, तर्साएर अब कुनै तन्त्र रहँदैन । त्यसैले शाही सरकारले आफ्नो चौधौं शताब्दीको सोचाइ र गराइ त्यागी प्रजातान्त्रिक पद्धतिलाई स्वीकार गर्नु राम्रो होला । - पद्मनिधि तिवारी (kantipur)
Read Full Discussion Thread for this article