Posted by: Nepe September 27, 2005
Murari Raj Sharma in US being used for personal gains
Login in to Rate this Post:     0       ?        
प्राध्यापक कृष्ण खनालले आधा शताब्दी लामो इतिहासबाट राजतन्त्र र प्रजातन्त्र सँगसँगै जान नसक्ने पुष्टि भइसकेकाले जनताले कहिल्यै गुमाउनुनपर्ने लोकतन्त्र खोजिरहेको बताउनुभयो । 'राजतन्त्र र प्रजातन्त्र सँगै जान सक्दैन, एकमात्र विकल्प रोज्न सकिन्छ,' उहाँले भन्नुभयो- 'त्यो हो लोकतन्त्र ।' राजाको नेतृत्वमा लोकतन्त्र नआउने उल्लेख गर्दै उहाँले निमित्तहरूप्रति होइन स्रोतप्रति आक्रामक हुन आह्वान गर्नुभयो । नागरिक आन्दोलन धेरै अघि बढिसक्दा पनि दलहरूले त्यसलाई पछ्याउन नसकेकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो । राजा स्वयंले संवैधानिक राजतन्त्र चाहिन्न भनिसकेको उल्लेख गर्दै उहाँले भन्नुभयो- 'दलहरूले फेरि सम्झौता गर्लान् भन्नेमा हामीलाई चिन्ता छ ।' 'हामी अझ एक कदम अघि जाँदा त राजाले पनि संविधानसभा मान्लान्,' उहाँले भन्नुभयो- 'त्यतिबेला हामीलाई त्यो स्वीकार्य छैन, लोकतन्त्रपछि नै जनताले त्यसको निर्वाचन गर्नेछन् ।' एकपछि अर्को गर्दै राजा अन्तिम घडीमा पुगेको उहाँको दाबी थियो । प्रजातन्त्र अपूर्ण हुनुमा 'अधकल्चो' सम्झौता गर्ने दलहरू पनि दोषी रहेको उल्लेख गर्दै महिला अधिकारकर्मी मुक्ता श्रेष्ठले त्यसको खबरदारी गर्नुभयो । 'अबको संविधान राजाले च्यातचुत पार्न नसक्ने हुनुपर्छ,' उहाँले भन्नुभयो- 'जनताको प्रतिनिधिले चुनेको संविधानसभाले बनाएको संविधानमा मात्र त्यसो हुन सक्दैन ।' जनताको मन जित्ने मात्र राजा हुनसक्ने शास्त्रीय कथन उल्लेख गर्दै भिक्षु आनन्दले जनइच्छाबिनाको सत्ता अस्वीकार गर्न आह्वान गर्नुभयो । 'जनताले चुनेको जननायक मात्र राजा हो,' उहाँले भन्नुभयो- 'हामीकहाँ त्यस्तो छैन, मध्ययुगीन निरंकुश सामन्ती शासन छिटोभन्दा छिटो अन्त हुनुपर्छ ।' हजारौंको उपस्थिति रहेको नागरिक सभामा सर्वनाम नाट्य समूहले 'पर्खाल' सडक नाटक प्रस्तुत गरेको थियो भने चर्चित कवि अर्जुन पराजुली, स्नेह सायमी, विमल निभा, दामोदर रेग्मी, गोविन्द वर्तमान, इन्दिरा दाहाललगायतका कविहरूले चोटिलो लोकतान्त्रिक कविता सुनाएका थिए ।
Read Full Discussion Thread for this article