Posted by: mampaka September 26, 2005
18 KHARBA AANDOLAN
Login in to Rate this Post:     0       ?        
अठार खर्बे आन्दोलन गएको साताभरि स्वर्गीय रानी ऐश्वर्यको स्वीस बैंकमा १८ खर्ब रकम रहेको समाचार अखबारहरूको लडाइँ बन्यो । भदौ ३० गते बार अध्यक्ष्ा शम्भु थापाले उक्त रकम देशमा ल्याउनुपर्छ भन्नुभयो । सोही दिन स्तम्भकार बलराम बानियाँले उक्त मुद्दालाई पार्टीले उठाउनपर्ने जोड दिनुभयो । थापाको आशंका थियो, कतै नेताहरूको पनि संलग्नता छ र उनीहरू यो मुद्दा उठाउँदैनन् कि ? द सन्डे टेलिग्राफले उक्त रकम स्व. रानीको नाममा स्वीस बैंकमा छ भनेको छ । तर त्यस समयमा केवल रानीका बारेमा मात्र लेखिएकाले के नेपालबाट एकजनाले मात्र त्यस बैंकमा खाता खोलेका होलान् र ? मुलुकमा उक्त विषय उठ्नासाथ अरूले त्यहाँबाट खाता सार्ने सम्भावना बढ्छ । यसबारे आम नागरिकको चासो भयो र त्यस बैंकमा राखिएको सारा पैसा फिर्ता गरेर राष्ट्रियकरण गर्नुपर्छ भन्ने आवाज उठ्यो भने स्वीस बैंक तत्काल सबै खाताको कारोबार बन्द गर्न बाध्य हुन्छ । त्यसनिम्ति नयाँदिल्लीस्थित नेपालका लागि स्वीटजरल्यान्डका राजदूतले सहयोग गर्न सक्छन् । पैसा छैन भन्नेमा शंका नगर्दा हुन्छ, किनभने ०४६ र ०५८ मा पनि उक्त कुरा उठेको हो । तैपनि यी सबै घटना 'कालुले बाघ आयो' भनेजस्तै मात्र भइरहेछ । अबचाहिँ साँच्चैको बाघ आउनेछ । अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कानुनविद्हरू भन्छन्- एउटा दैनिकमा यो समाचार प्रकाशित हुनासाथ श्री ५ महाराजाधिराजका संवाद सचिवालयले स्वर्गीय रानीको पैसा स्वीस बैंकमा नरहेको भनेर खेद व्यक्त गर्?यो र यसलाई कपोलकल्पित भन्यो । उता द सन्डे टेलिग्राफले १३ अर्ब पाउन्ड छ भन्छ । यी दुईमध्ये कुन सत्य हो ? हो, शम्भु थापाले भनेजस्तो कतै पार्टीका नेताहरूको पनि संलग्नता छैन भन्दा कान्तिपुरले विगतमा सिड्नी बैंकमा पनि एकजना
Read Full Discussion Thread for this article