Posted by: Dada_Giri September 24, 2005
Nepali Politics Forum
Login in to Rate this Post:     0       ?        
कतिपय विषयमा कुन कुरालाई राजनैतिक विषय मान्ने कुन कुरालाई गैरराजनैतिक विषय मान्ने भनेर छुट्टयाउने लक्षमण रेखा तान्न पनि गाह्रो हुन्छ। जस्तै भनौँ न शाही आयोगकै कुरा भो, शेर बहादुर दाइलाई भ्रस्टाचारको मुद्दामा थुनेकै कुरा भो। राजनैतिक विषय भन्ने कि समसामयिक विषय भन्ने यसलाई? मेरो बिचारमा यी समसामयिक विषय हुन्। दोश्रो कुरा राजनैतिक कुरादेखि बाहिर मात्रै छलफल गर्ने हो भने के विषयमा कुरा गर्ने हो? छलफलको घेरा साँगुरिँदै जान्छ र साझाको आकर्षण घट्दै जान्छ। त्यसैले राजनैतिक छलफलपनि साझामा हुनु स्वभाबिक हो र यसलाई अलग्याउनु आबस्यक छैन। बरु पोर्नोको लागि भने छुट्टै व्यबस्था भए त्यसका पारखिहरुले उपयुक्त ठाउँ त पाउने थिए कि। कमसेकम साझामा लग-इन् हुने थिए, त्यही बेला अरु धागोतिर पनि यसो हाम्फाल्ने थिए। सगिँहुर बढ्छन् भन्ने मेरो मान्यता छ। Yes, Lets Enjoy the diversity.
Read Full Discussion Thread for this article