Posted by: sajhabusaima September 22, 2005
Our King: a butt of joke!!
Login in to Rate this Post:     0       ?        
नयाँ मोडलको अनुपम लीला समय/सन्दर्भ बलराम बानियाँ ( महाराज देखिने र सुनिने भएपछि जनताले ुमोबाइल न्यायु पाउन थालेका छन् । न्याय पनि यस्तो कि महाराज देश दौडाहामा जता(जता गइबक्सन्छ, उतै(उतै पछि लाएर जाने । उदयपुरवासीले सवारीमा रहेका महाराजसँग ुलोकसेवा आयोगको अञ्चल कार्यालय खोटाङमा छ, हामीलाई परीक्षा दिन जान टाढा भयोु भन्ने बिन्ती बिसाउनासाथ न्याय तल उदयपुरमा ओर्लन लागेको छ । महाराजको हुकुम पनि यस्तो अचुक औषधि कि दायाँ(बायाँ, अगाडिरपछाडि कतै नहेरी लोकसेवा आयोगले आफ्नो अञ्चल कार्यालय खोटाङबाट उदयपुरमा सार्ने तयारी गरिरहेको छ । फेरि कुनै दिन महाराजको सवारी खोटाङमा भयो भने न्याय पनि खोटाङतिरै उकालो लाग्नेछ । यस्तो पो न्याय . मौसुफ हुकुम तामेली भएरनभएको स्वयंं हेरिबक्सन्छ । मध्यपश्चिमाञ्चलका सम्पूर्ण क्षेत्रीय कार्यालय नेपालगन्जबाट सुर्खेतमा सार्न हुकुम भयो । दोस्रोपटक सुर्खेत सवारी हुँदासम्म हुकुम कार्यान्वयन नभएपछि मौसुफबाट कर्मचारीहरूलाई विभागीय कारबाही गर्ने चेतावनी दिइबक्सेको छ । मौसुफ जनताका विकासनिर्माण र न्याय निम्ति यति गम्भीर होइबक्सन्छ कि जनताका काम समयमै सम्पादन नगर्ने जिल्ला(जिल्लाका खरदाररसुब्बालाई समेत आफैं कारबाही गर्दै हिडिबक्स्यो भने पनि अनौठो हुनेछैन । क्षेत्रीय कार्यालय सुर्खेतमा सर्न लागेकामा नेपालगन्जका राजावादी नै सडकमा उत्रन थालेका छन् । मौसुफ जनताको बिन्ती काट्नै सकिबक्सन्न । फेरि नेपालगन्ज आउँदा बिन्ती बिसाए पुग्छ, ती कार्यालय फेरि फर्किहाल्छन्, बित्थामा आन्दोलित हुनुको कुनै अर्थ छैन । हुकुमको जवाफ र कालको औषधि हुन्न भनिन्छ । हुकुमका अगाडि कार्यालय सार्ने स्रोत, पूर्वाधार र ठाउँ छ, छैन भन्ने कुराको कुनै अर्थ रहन्न । धनकुटावासीको सौभाग्य नै भन्नुपर्छ । ुतथास्तुु शब्द मुखबाट झर्नासाथ विराटनगरमा रहेका पूर्वाञ्चलका क्षेत्रीय कार्यालय धमाधम धनकुटा सार्ने तयारी हुँदैछ । नयाँ मोडलको प्रजातन्त्रमा अनुपम लीला देखिइरहेका छन् । सम्पत्तिका नाममा जम्मा १० तोला सुन भएका मन्त्रिपरिषद्का उपाध्यक्ष तुलसी गिरीले 1 करोड ७४ लाख रुपैयाँ ऋण कसरी तिर्नोला, कौतुहलको विषय बनिरहेको थियो । केही नहुनेलाई भगवान्ले हेर्छन् भन्ने पुरानो भनाइ छ । राजकृपा भयो कि भगवान् कृपा रु त्यो त खुट्टनि बाँकी छ, तर उनी ऋण मुक्त भएका छन् । ऋण कसरी तिरियो, ठूलो कुरा होइन, गिरी कालोसूचीबाट मुक्त भएर ुस्वच्छ छविु मा दरिन पाउनुभएको छ, त्यो नै ठूलो हो । महाराज मुलुकमा रामराज्य बहाली गर्न लागिबक्सेको छ । मौसुफलाई ुस्वच्छ छविहरूु मात्र मन पर्छ । राजाले कति खोजी गरेर ल्याएका स्वच्छ छविका मान्छेमा प्रेस भएरनभएका दाग देख्छन् । ऋण त बैंकको पो चिन्ताको कुरा हो, यहाँ त प्रेस होनाहार मन्त्रीले ऋण नतिरेका घटना सार्वजनिक गरिरहेका छन् । सरकारका प्रवक्ता टंक ढकाल, सहायकमन्त्रीद्वय जगत् गौचन र सिनेट श्रेष्ठ कालो सूचीमा परेको घटना उछालिरहेका छन् । माघ १९ सँगै मुलुकमा राजकृपा सुरु भएको छ, भर्खरै गिरीको ऋण तिरियो, पालैपालो अरू मन्त्रीको पनि ऋण तिरिंदै जाला । कसले तिरिदिन्छ, त्यसबाट राष्ट्रलाई प्रत्यक्षरअप्रत्यक्ष कति घाटा हुन्छ, त्यो महत्त्वको विषय होइन । महाराजका सबै मन्त्री एकरएक गरी ऋण मुक्त भएर स्वच्छ छविमा दरिने निश्चित छ, त्योमात्र महत्त्वको विषय हो ।
Read Full Discussion Thread for this article