Posted by: shree5 September 20, 2005
Login in to Rate this Post:
0
?
खास त के भनी ताछ्नी, मठार्नी आदि काममा खेमे हामी भन्दा जाद्रै सिपालु थियो केरे, तेसका बालाई सबैले
गाममा पुनि आरे कर्मी भन्थे । आरो लगाउने, काठको काम अर्नी सिकर्मी भएर आरे कर्मी भनेको के । चईनी
गाम मा धेरैका हलो, जुवा, मदानि (मोही पार्नै stirrer) पुनि आरे कर्मीले जो हो केरे बनाम्नी । छोरो खेमे तेसै
पुनि सिपालु हुनी भओ केरे, आफ्ना बालाई कहिलेकाही आरो तान्न साथी दिदा दिदै । तर म (र नमे पुनि)
भनी पछि गएर ईन्जिनेयार हुन पर्च भनेर यस्ता घर सर बनाम्नी कुरामा अलिक बेसी नै चाख दिन्थेम केरे ।
अनि यो चर्खे पिङ हाल्नी बेलाँ पुनि मेरो काम चईनी कुन दार, कुन रुख, कुन बुटो काट्न पर्च, तेही छान्नी
भनेर हो केरे । खास कुरो त के भनी अब मुल डाँडीले जो हो केरे सप्पै धान्नी, मुन्छेको भारी, मच्चिँदा खेरिको
जोड, तोड सप्पै । भनेसि मुल डाँडीको काठ चईनी चाम्रो र दोब्रिनी खाले हुन पर्च के, जस्तो सालको, चिलाउनी,
खनियाको पुनि हुन्च केरे, खयरको पुनि फेदै बाट काटे हुन्च केरे । तर चईनी झुरो काठ जस्तो सिसौको, सिरिस,
अपुर थोक खमारी, कुटमेरो, दब्दय आदि को हाल्यो भनी बलियो मत्रै भएर हुन्न केरे, भाँच्चियो भनी थाहै नदिई
झ-याम्मै भाँचिनी केरे, अब पिङमा त कथम भाँचिए पुनि बिस्तारै नुहेर, बाङ्गिएर, सबैलाई थाहा हुनी गरी बिग्रनी
चाम्रो काठ चाईनी केरे । खेमेका तेस्ता बुद्धि कहाँ पाई, उसले त सुर परे कटुसको हाँगो पुनि काटेर ताछ्न सक्छ
केरे, तेसो भएर पुनि हो के हामी पुनि सँगै गाको ।
कुरा पुनि कता कता पुगेछ । जमुनिले चईनी पहिला कति बजो भनेर सोधि केरे, त्याँसी मैले उसलाई हेरेसि
त चईनी येसो गाला कन्याए जस्तो अरेर हातले त चईनी यतै बस भनेर ईसारा अरि केरे । मलाई पुनि क्यारम
क्यारम भओ । हाम्रो टोलीमा मेरो भन्दा ठ्याक्क अगाडि दादा थिए केरे, त्याँसी मैले "ईऽऽऽऽ सिमा खानी चप्पलको
तुनो फुत्क्यो कि चुडियो यार, मेरो त , ए फुत्केको रैच, म बनाएर आम्दै अर्चु है " भनेर कराएँ । दादाले येसो
पछिल्तिर फर्केर हेरेका मत्रै के थिए, मैले आँखा झिम्काएर ईसारा अरें केरे, दादाले कुरो बुझि हाले, अनि "ल ल
हामी हिंड्दै अर्चम, तिमी आम्दै अर न त " भने । मलाई त तेति भएसि पुगि हालो केरे ।
त्याँसी नजिकै पुगेसि त जमुनिले त क्यार्छे भनी तो गाईकाँडो (काँगियो जस्तै परेको सबैतिर काँडा निस्केको काँडो,
गाई-गोरुको पुच्छरमा प-यो भने पुच्छरको रौं काँगियोले कोरे जस्तै सलक्क बनाईदिन्छ) को झ्याङ्ग बाट एउटा
गाईकाँडो टिपी, अनि म नजिकै पुग्नी बित्तिकै त जमुनिले "हेर, कपाल पुनि नकोरेका बाई, सके दुईटै अर्न पर्च,
नत्र कि नुहाम्न पर्च, कि कपाल सम्म त कोर्न पर्च " भनेर मेरा टाउकाँ गाईकाँडो धसार्न लागि केरे, मलाई नि
काँडाले कोतरेसि त बेस्सरी जो दुख्न लागो र मैले नि तेसलाई जीउभरि कता कता भुँडीतिर, पेटतिर, मास्थिर पुनि
काउकुति लाईदें, अनि त्याँसी बल्ल हाम्रो चईनी सामान्य भलाकुसारी सुरु भओ केरे ।