Posted by: gaalab September 16, 2005
CHAUTARI ! Continued....
Login in to Rate this Post:     0       ?        
contd... "ए बडा बा! के गर्न लाग्नु भा' त्यो खिर्रोको रुखमा चढेर? चोप लाग्ला?" दादा एक्कासि बाटोमाथिको खिर्रोको रुखतिर हेर्दे कराएपछि सबै त्यतैतिर हेर्न थाले । मुखिया परे गिरी थरका। १३ पुस्ता कटेर साइनो तितर-बितर भएपनि गिरी केटाहरु उनलाई बडाबा भनेर बोलाउँथे। पातले छेकिएर आफ्नो हालत लुकाउने सुरले हाँगाको टुप्पातिर पुगेका रहेछन् बुढा, दादाका आँखालाई कसले सक्ने ? मुखियालाई देखिहाले। अब, टारिघरेका बिहेमा, त्यस्तो राति त के के देखेछन् , अब अहिले पर्यो मध्येघाम। "यस्का बाघले खानीले टोकुम्ला जस्तो गरेसि खिर्रैका रुख भएनि चढ्न परेन, तँलाई स्याल मोरा?" जस्ताको तस्तै जबाफ फर्कियो। मुखियाको त्यस्तो निरस हालत केटाहरुले पहिलो पटक देख्दै थे क्यार, एकथरि खित्का छोड्दै हाँस्नथाले भने अर्काथरी भूईंतिर हेर्दै हाँसो दबाउन खोज्दै थिए। "ए साईंद्वा, तेरा जारलाई लेर जा। हाम्रा तिर कइलै नआ अब!" मुखियाले राजुतिर दाहिने हातको छडी सोझ्याउँदै कराए। राजु बोलम्ला बोलम्ला गर्दै थियो, उछिन्दै जीवनले प्याच्च खैनीको पिच्का थुक्दै भन्यो - "हैन बडाबा, धोतीको फेरो फुस्केछ नि त। अघि खिर्राको रुखमा सुरिलो खेल्दा (रुख चढदा दुई हात खुट्टाले रुखलाई बाँध्दै माथि उक्लने तरिका) अल्झेछ क्यार!" हुन त धोतीको फेरो सेरो फुस्केको त हैन, जीवन भन्या अलि रसिक केटो जिस्क्याइहाल्यो। मुखिया बा चाहिँ देब्रे हातले धोति समातौंला जस्तो मात्रै के गरेका थिए, दुवै हात छोडेपछि के रुखमा ब्यालेन्स गर्न सक्ने ? सिधै बाटोमुनिको आफ्नै मुहाने सुर्कोमा डङ्ग्रङ्ग लडे । एकछिनसम्म त उठ्नै सकेनन् भन्या । दशैँ अघिको खेतको गरो न पर्यो, बुढा उठ्दा त मुख, ज्यान, कपडा सबै हिलाम्यै।
Read Full Discussion Thread for this article