Posted by: gaalab September 16, 2005
CHAUTARI ! Continued....
Login in to Rate this Post:     0       ?        
साझामा पनि देन्सा ओतोको सुरु भएछ। ‌‌‌‌‌‌‌‌‍-------------------------------------------------------- चतुर्थ अध्याय -------------------------------------------------------- सबै पिङ् हाल्ने गफ छोडेर अब के हुने हो भनेर उत्सुकतापूर्वक मुखियाका घरतिर हेर्न थाले। बिचरो राजु के गर्ने के अलमल्ल परो। एकाएक वरिपरि सन्नाटा छायो। ५ मिनेटजति कोहि केहि बोलेको सुनिएन, सिर्फ २-४ चोटि समीचोरे साहिंलीले छोरोलाई-"ए, गान्टे मुर्दार! तेरी आमा' काट्टो खान पर्दैन आज तँलाई?" भन्दै खाना खान बोलाएको सुनियो। यताबाट खेमले "ए साँइलदिदी, किन ऐलै मर्नी बिचार अरेकी औ? साँइलदाइ ईन्डिया गएर के भो त, हामी छम् नि त!" भनेर जिस्क्यायो। हुन त सधैं भए यस्ता गफ निस्किंदा छेड्का-छेड्की थप्दै केटाहरु गलललल हाँस्थे, कुखुरेबैंशमा हिंडेका केटाहरु त हुन्! तर आज त्यस्तो भएन; सबैका कान कुकुर गएको दिशातिर थियो। केहि बेरको सन्नाटा पछि, एकाएक मुखियाको स्वर सुनियो-"ए, राजु मुर्दार, कुकुर किन छाडा छोड्चस् ए, राजा' भोटेकुकुर छोडे झैं। यो बाघले खानी (बाघले खान परेको)लाई ले'र जा त!" राजु बित्तातोड हुँदै आवाज आएतिर दौडिन थाल्यो। अरु सबै पछिपछि लागे। स्कूलको दौड प्रतियोगितामा जित्ने केटोलाई कस्ले भेट्टाउन सक्नी! बल्ल सबै पपि र मुखियाको कुकुर लडेको रणभूमिमा पुगे। मुखियाको कुकुर खुट्टा कुईंकुईं गर्दै भागम् भागम् गर्दै थियो। त्यो राजुको कुकुरले ठाममानै टोक्देछ क्यार, खुट्टा खोच्याउँदै उठ्नु न बस्नु गर्दै थियो। राजुले पपिलाई काखमा लियो। पपि भने पुच्छर हल्लाउँदै मालिकका सर्ट चाट्न थाल्यो- मानौं कुनै ठुलै युद्द जितेर बिजयउल्लास गर्दै छ। राजु, उसै त पसिने मुर्दार, त्यसमाथि त्यसरी बत्तासिंदै आएको, झन मुखियासँग टकराब पर्ने देखेर ज्यानभरि पसिना बगाउन थाल्यो - अब पसिनामा नुहाउँदै थ्यो भनम् न एक किसिमले । फेरि सन्नाटा; एकाएक सबैका आँखामा उत्सुकताको मेसो सगमगाउन थाल्यो - मुखिया खै ?
Read Full Discussion Thread for this article