Posted by: Bhaute September 16, 2005
Login in to Rate this Post:
0
?
"ओइ, गोबिन्दे, त्यहाँ ठोट्नेमा नचढ् त। सप्पै झुसिल्किरा भाताँ खस्छ" सरले ठुलो ठुलो स्वरले
कराई।
"छैन के झुसिल्किरा सुसिलकिरा, असम् ठोट्नेमा किरा नै लाsछैन" भन्दै त्यो त झन् मच्ची
मच्ची टुप्पातिर गयो। केटी देखेसि यस्तै हो के त्यो, नगर भन्यो भने झन उल्केर फूर्ति
देखाउन पर्छ तेसलाई।
गोबिन्देले "चेs चेs, ल हैs, ल हैs" भन्दै हाँगा हल्लाउदैथ्यो, कोर्याक्क गरेर गद्र्याम्म गर्दै हाँगा
सहित भातमाथि खस्यो त्यो त। मैले त एकैचोटी भुईँमा देखेको त्यसलाई। बल्ल बल्ल बलेको
आगो, कस्यौँडीको पानी पोखिएर जम्मै निभ्यो। चामल सामल भुईँ भरि नि, के भन्नि अब।
"खाइस अब ओहोरा, मैले अघि नै न जा त भन्दै थेँ नि।"सरले भुट्भुटाउँदै कस्यौँडी उठाउन
थाली।
गोबिन्दे त रुन पनि सकेन, हास्न त झन के सकोस बिचरो।
"कस्तरि लडेँ यार" ळाज पचाउन खोज्दैथ्यो तेसले। केटालाई भित्र भित्र चैँ ठुलै चोट लाग्यो
जस्तो लाग्यो मलाई। यसो हेरेको त निधार बाट रगतै आएछ तेस्को त। अघि न ले भन्दा
भन्दै चुल्हो बनाउन ल्याsको चिउरे ढुंगामा परेछ के तेसको निधार त।
"धन्न आगोले पोलेन, भन् न" मैले तेसको निधारको धुलो पुछिदिदै भने। सरलेले तितेपाति
खोजेर मिचेर निधारमा लगाइदी। हामी भन्दा अलि जान्ने बुझ्ने थी के त्यो।
दिन धेरै गैसक्या थियो। हामी भने भोकले टट्टु भैसक्याथेम। के गर्नु, अब खाने कुरा पनि
केहि थिएन। हामी एक अर्काको भोकले न्याउरिएर टुर्लुक्क परेको मुख हेरेर मज्जासँग हासेम्
अनि त्यहि काँचो मुला कोपर्दै घरतिर फर्केम्।
*** *** *** *** ***
:)
-भउते