Posted by: nepalean September 12, 2005
CHAUTARI !
Login in to Rate this Post:     0       ?        
ए सिरे बन्चरो नताक है मेरो हातां खुर्पा छ , मेरो हात त सारै सोजो छ कया, तिम्रो जस्तो कामिका अर्चापन लान पर्नि छैन । भैसि त गज्बको छ नि, तेत्रो बाटो हिडेर होला १, २ दिन कैडा लाच के , त्याहि भर हो दूध न देको । म त चोक्रो रच भनेर डराको अइले त दुधको भलै भग्छ । अस्ति अस्ति त चैतेको पराल थियो तर अहिले त बडर हाल्चु के, थुना मानु पन्द्द्र मुठी दुध छ । त्यो सिङ काटेको चाइ खोटि बनाको के । मलाइ खोटि भैसि मात्रै फाप्छ क्यार्नि । गको शन्सरबार बर्सेनि पनि गयो अब त आघु पनि दुध खान पाइन भो । आर्रको साल साउने सक्रातिमा हो किलो, यसो मेसो परे हाम्रा गाम तिरा उकालो लाउ है, मसिनो ब्याउति ख्वामला नि। घरां कोइ पनि खान्नन केरे खर्से ब्याउति, तेसैले गामभरि बाढिदिन्चु । नत्रा त आखा लाइ हाल्चन नि । बरु तिमि आउदा त्यो भउतेलाइ पनि सगै ल्याउ है, तेसले चोरेको तामाको अचार पनि ल्याउ, मलाइ सारै मिठ लाउच तामा । हाम्रा सठ्ठिया मकै पनि रोप्चम केरे तिमि आउदा मकै पनि पोलेर खाउला नि । घर फर्किद एक झोलि मकै पनि लैजाउला अनि जमुनि, फुलि कस कसलाइ दिएर फकाम्नि हो फकाउ । हाम्रा अनदि पनि टन्नै छ के रे , अलिकति लर भउतेको मिला कुटेर सिराम्ला बनाउ, अनि पुशे पन्द्रममा लटे बनार खाउला नि । बर्खा मासा परालकोक दु:ख परे सक्राति भन्दा पइले आए पनि हुन्च है , चैतेको धान पनि चुटम्ला, अनि पराल सुकार लैजाउला नि । सक्राति भक्राति सबै मनार जाउला नि । फुरउला पनि खाम्ला , लुतो पनि फालम्ला । है त ।
Read Full Discussion Thread for this article