Posted by: shree5 September 11, 2005
POONTE: Get Well Soon
Login in to Rate this Post:     0       ?        
खास के भा को भनि नि, बाटुली भाउजु तीज मान्न माईत जानु भाको रईछ । घरमा पुन्टे दाई र उहाँको छोरा भुन्टे मात्रै रहेछन । त्यो दिन पुन्टे दाई पिढीँमा नै सुत्नु भाको थियो अरे । जुन लागि रहेको जुनेली रात रहेछ । अनि राति २ बजे तिर पुन्टे दाई उठेर बाहिर आँगानमा घुमेको त पर काली गण्डकीको तीरमा ठ्याक्कै गेडिखोले धोबिनी र हाम्री (मेरी क्या) जमुनि जस्तै दुरुस्तै दुईवटा आईमाई झण्डै नाङ्गै भएर नाचि रहेका रहेछन। अब बिचार गर्नु पर्छ नि, त्यस्तो रात बिषय धोबिनी र जमुनि समेत कही अझ नाङ्गै भएर गण्डकीका तीरमा नाच्न पुग्छन त ? बुढालाई दशा लागेको नि। उनले त धोबिनीलाई एक पटक "हाई" भन्न परो भनेर त्यतै गएछन क्यारे । अब त्यो अघि देखिनी त खासमा किचकन्नीहरु रहेछन नि त । अनि के हुन्थ्यो र, किचकन्नीले छलेछ नि बुढालाई । धङ्धङ्ती ज्वरो आउँछ रे, फेरि रुघा खोकी जस्तो पनि देखिन्छ रे, एकै छिनमा "ऐऽऽऽऽऽऽऽऽऽऽ" भन्दै ऐरा खेल्दै कराउँछन अरे । तेही त हो नि, भूतले छले पछि के हुन्छ ? अब धामी झाक्री पनि किचकन्नी भनेपछि डराउँछन क्या, बरु उल्टो किचकन्नीसँग मिल्छन झन । तेही भएर गोसाईकुन्डको झाक्री लिएर आको छु क्यारे, त्यसले आज राति भरिमा ठीक पारिदिन्छु भनेको छ । काली मसान खेलाउँछ के त्यसले, जस्तालाई पनि ठीक पारिदिन्छ, राजा त जान्छन त्यो झाक्री कहाँ । जे होस, पुन्टे दाईलाई चाँडै निको होओस । Keep rolling...
Read Full Discussion Thread for this article