Posted by: shree5 September 11, 2005
Login in to Rate this Post:
0
?
हो त, अगि न देखि सनासो (pliers) खेलाम्छु त भन्थे । अनि दादाले बेला बेलाँ डाङ्गरेका बच्चाको पुनि कुरा अर्नी, मैले भनि केई पुनि नबुझ्नी , लास्टाँ त तेसो पो रहिछ त कुरा ।
अनि ए डाडाघरे नमे, कुरो सुन्दा त कौवाको फूल पुनि चोर्छौ जस्तो छ है ।
दादा, नमे, यस्तो फूल चोर्नी भनी मैले भोगिन, घरका अरु मुन्छेको कुटाई - हुकाई खाईनी डर पुनि भओ केरे । तर, हाम्रा बेलाँ भनी यस्तै भदौ-असोज मास तिर ओडार, ओडार खोज्न जान्थेम बारुलाको पोलो । अब अरिङ्गालको चईनी अग्ला अग्ला सिमलका रुखमा हुनी केरे, फेरि सबैले देख्नी, गाउँका एक्सपर्ट हुरले पलान नै बनाम्थे अरिङ्गाल पोल्नी चईनी । एक दिन तो कथा पुनि भनम्ला साझाँ । तर बारुलाको गोलो (पोलो पनि भन्थेम) भनी खरबारीको अथवा बनको छाते परेको जुनसुकै जस्तो ढुखामा पुनि हुने, अनि गयो, एकै छिन धुँवारे जस्तो ग-यो, त्याँसी खायो । भिर मौरीको (काठे मौरी हो कि? - बच्चैमा पुनि तेसको मह खाको दिन त साँच्चिकै आजकालको भियाग्राले के गरेको होला र तेस्तो, चईनी केरे बन्चराको बींड जस्तै बनाम्थ्यो केरे, रामाराम, मैले झुट कुरा अरेको होईन ल, साँच्चिकै जो हो, बिपत्तै बनाम्थ्यो केरे, दादालाई नि थाहा होला ल ) पोलो भेटे त झन मह नै भेटिने भयो केरे । अनि साथी भाईले भनी भिरमौरीको मह सबभन्दा अगाडि खान डराम्थे, किन भने सब भन्दा पहिला जसले खान्छ, तेसले जोर्ते (जुम्ल्याहा) छोरा पाउँछ भन्थे । मैले भनि नपत्याम्नी तो कुरा- रामाराम ल । अब जोडिएको मुला खाए पुनि जोर्ते छोरा पाईनी अरे, निबुवा, सुन्तलाको जोडिइको केसरा खाए पुनि जोर्ते छोरा पाईनी अरे, जोल्ठे केरा खाए पुनि तेही अरे, आफू भने तेस्तो धेरै ठाममा फसिसकेको, परिसकेको ले अब जोर्ते छोरा पाउने भनेर डराम्न छाडिसकेको थिएँ के ।
पछि भने मासु-जन्य पदार्थ हुरबाट तेसै तेसै मन नै टाढियो केरे । जे होस, अरिङ्गाल पोल्न जाँदा खेरिका १-२ वोटा गजबका किस्सा, कथा छन मसंग, तर अलिक मेसो मिलाएर लेख्नु पर्छ किन भने ती घटनाका कतिपय कुराहरु सफा नियतले नै पस्के पुनि जातिबादी कुरा होलान अहिलेका स्टान्डर्डले ।
जे होस, अनि जुरेलीला अन्डा काँ छन त, ए नम्मे ? चिबे चराका अन्डा चईनी खान हुन्न अरे है, फेरि भोलि पर्सि छोरा-छोरी नपाम्नी भईन्च अरे ।
Keep rolling...