Posted by: shree5 September 10, 2005
CHAUTARI !
Login in to Rate this Post:     0       ?        
त्याँसी एक छिन म तेही छेउमा बसेर एउ चिलम गाँजा तान्न परो भनेर गाँजा बटार्न लाएँ केरे । उता नम्मेले थुनमा पानी छ्याप्दै थुन तान्दै अरेर भैसी पगार्न खोज्दै थियो केरे । धेरै पानी छ्यापेपछि त भैसीलाई पिसाब अर्न मन लागेछ । अनि त भैसीले मुतो केरे । नम्मेले "खाली मुत्छ मत्रै साँढो, दूध भनी नदिनी" भने । मैले नि एसो फर्केर हेरेको त, थुईक्क तिमेरुका बुद्धि, भैसीले नि कही अगिल्तिर मुत्छ र? भैसीले त पुच्छर उचालेर पछिल्तिर बाट मुत्छ केरे नि, राँगाले हो नि अघिल्तिर जो तुरुक्क तुरुक्क पार्नी त । नम्मेका भकारामा त के को भैसी हुनु नि, राँगो बाँधेर अनि राँगो ले पुनि दूध दिन्छ कहि? ए उल्का, म त हाँस्दा, हाँस्दा, के भन्नी । नम्मे रिसले चूर भओ केरे, नन्दे साहूलाई नि काट्छु भन्छ, भउतेलाई नि गिड्छु भन्छ, दादालाई पुनि छिनाल्छु भन्छ केरे । भैसी किनिदिएम तँलाई भनेर मलाई त राँगो पो किनाएछन, अझ भाउ घटाईदिए भन्नी तो दादाले भन्छ । मैले त्याँसी दुई सर्का गाँजा तान्न लगाए नम्मेलाई, अनि अलिक शान्त भओ केरे । त्याँसी कुरो के के भाको हो भन, तिमी र भउते मत्रै गएको भा त भन्न सक्तिन, दादा जो गएसि त नन्दे साहुका भकारा 'ट भैसी भनेर राँगो त फुकाएनन, भन बाटामा कहाँ कहाँ गयौ, के के अरेउ भनेको अनि भन्न थालो । खड्केटारी को मटरे बाटाँ भैसी चम्के पछि दादाले ल भैसी चम्को केटा हो, अब येत्तिकै नसेलाई कन हिडाल्नी हो भनी बाटाँ फेरि कहा डराएर उफ्रिन्छ, थाहा हुन्न, अब चईनी उकालो बाटो, भिरतिर फेरि तर्स्यो भनी त लडेर मर्न पनि सक्छ, तेसैले यसलाई दुई तीन दिन यही बाँधवो भनेर हिड्नु भएछ केरे । त्याँसी तीन दिन पछि गएर भउतेलाई भैसीका सिङ, र पुछार काट भनेर पुनि भन्नु भाको रैछ केरे । अब कुरा के भओ भनि कि यिनिहरुले बाटामा भैसी बाँधेर राख्दा राति को बेला पारेर कसैले साट्यो । भैसी आफूले राति राति डो-याएर लगे होला, फेरि थाहा पाउलान र हल्ला खल्ला होला भनेर भैसीको ठाममा राँगो ल्याएर बाधिदियो होला, अब दामकै कुरा अर्नी हो भनी पुनि के भओ र एउटा भैसीको मोलमा त पाँच - छ वटा राँगा किन्न पाईन्च, चोरलाई त के भओ र, नाफै भको केरे । हैन भनि तेही बेलामा तेही भित्र भउतेले जाल रचे , नम्मेलाई भउतेले रिङाएर थाङनामा सुताईदिए । जे होस दादा, मैले दादा कहाँ गएर सल्लाहा अर, तेसरी आत्तिएर हुन्न, भनेर सम्झाई बुझाई अरेर तपै कहाँ पठाईदेको छु केरे नम्मे लाई। के कसरी हुन्छ, कुरो सुल्झाउनुस केरे । अनि के हुन्छ, हामीलाई सुनाम्न पुनि नबिर्सनु होला हई ।
Read Full Discussion Thread for this article