Posted by: shree5 September 10, 2005
CHAUTARI !
Login in to Rate this Post:     0       ?        
ए दादा, एकदमै ठूलो अनर्थ भएछ, हुनै नहुनी काम भएछ, अब क्यारी सम्हाल्नी हो ? अब येसो केई अर्न सक्नी हजुरै हो केरे, क्यारी कुरो थाम्नी हो, थाम्नुस है । आज बिहान जमुनि र मेउसिकाने ले नमेको नयाँ भैसी हेर्नी भनेर बुर्कुसी मारे केरे, हुन्छ जाओ त नि भनेसि गएर हेरेर फुटा पुनि खिचेर ल्याए केरे । अनि त्याँसी मैले "हैन, मुर्रा भैंसी, तेत्रा दाम हालेर ल्याएको, कतिको दूधालु रैच त, दूध कति दिनी रैछ त ?" भनेर सोधेको त दुइटै बोलेनन केरे । त्याँसी म आफै गए केरे नम्मे कहाँ । मटरे बाटाँ उता 'ट टडक हो कि ट्याउटर के हो ठूलो मटर आको देखेर भैंसी चम्केको अनि तेही खड्के टारीमा ३ दिन बाँधेर राखेको त दादाले जो भन्नु भा को थियो केरे । त्याँसी आफ्ना टाट्ना मा बाँधेसी नि नम्मे सधैं दूध दुहुन त जाँदा रैछन, भैसीले दिदो रईन्च केरे, अब हिडेर आको, फेरि मटर सित चम्केको, खान्की पुनि मिलेन होला, गोसाँए पुनि मिलेन, तेसो भएर दूध नदेको होला भन्ठानेको रैच केरे नम्मेले । हैन, अब त बढ्तै जो भओ, आज त जसरी नि दुहुन परो, नाई भनि त भैसी जो थाक्नी भओ । अब हत्दुवा (पाडो, पाडी छुटाएको, नभएको, सबै दूध मान्छेले दुहुनी, मान्छेले नै खानी ) भैसी केरे, धेरै दिन नदुहे त थुनै सुक्नी होला भनेर हिजो बेलुका त खुप्पै जोड गरेछन नम्मेले, तर अहँ पगरिँदै पगरिएन अरे । हिजो पुनि दूध झार्न सकेन्छन केरे । त्याँसी आज म नम्मेका घर पुग्दा पुनि काखमा गौवा (ठेकी) च्यापेर भैसी पगार्न खोजि राका । अझ पगरिन्छ कि भनेर बडहरको घाँस हालेछन र थुनमा पानी छ्याप्दै थुन तान्दै अरेका । म गएसि सप्पै बेलि बिस्तार लगाए केरे नम्मेले । अब मेरा झन भैसी दुहुने सीप छैन, बरु पुन्टे दाजी हुन जस्ता बैगुनी भैंसीका पुनि दूध झार्नी, उनी अहिले बिरामी छन केरे भने ।
Read Full Discussion Thread for this article