Posted by: newuser September 10, 2005
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
बल्ल पल्पसा क्याफे सिद्दियो। एक साता भित्रका दुई छरपष्ट विदाका विहानीहरुमा मेसो मिल्यो भनौं न। अनि मनमा लागेका कुरा पोख्ने चीरपरिचित थलो यै साझामा फर्किएको छु।
धेरै नेपाली उपन्यासहरु पढेको छुइन। त्यसैले पल्पसा क्याफेमा मदन पुरस्कार पाउने योग्यता थियो कि थिएन भन्ने जाँच गर्ने योग्यता आफैमा नरहेको स्विकार गर्छु सबभन्दा पहिला। साहित्यको सामान्य पाठकका आँखाले जस्तो देख्यो त्यस्तै लेख्छु। पुस्तक समिक्षा कहिल्यै गरेकै छैन त्यसैले आफ्नो व्यक्तिगत विचार हो यो।
पल्पसा क्याफे नौलो शैलीमा लेखिएको नेपाली उपन्यास हो। साहित्यिक ओजका दृष्टिले यसलाई विपी, पारिजात, दौलत विक्रम विष्ट जस्ता मूर्धन्यहरुका सिर्जनाहरुकै समकक्षमा राखेर तुलना गर्नु उचित नहोला। तर यसले नेपाली उपन्यास लेखनमा नयाँ र पृथक शैलीको शुरुवात गरेको छ। एकजना युवा साहित्यकारको पदार्पण भएको छ नेपाली साहित्यको फाँटमा जसको पहिलो प्रयासबाट निश्चित रुपमा नेपाली औपन्यासिक विधालाई आशलाग्दो निरन्तरता मिलेको छ। नारायणका साहित्यिक रुपमा अनुभवहिन कलमहरु तिखारिंदै गएमा उनको मौलिक शैलिले आफ्नै विशिष्ट पहिचान स्थापित गर्न सक्ने छनक पल्पसा क्याफेले राम्ररी दिएको छ। यसको चर्चा परिचर्चा र प्रसिद्धीलाई नारायणको हैसियतसंग जोडेर मूल्यांङ्कन गरिएमा लेखकको मेहनत माथी सर्वथा अन्याय हुन जानेछ। किनभने पल्पसा क्याफेका पाना भित्र चित्र विनै देशको अनुहारको विचित्र शब्दचित्र कोरिएको छ।
क्रमश: