Posted by: shree5 September 8, 2005
MAITIGHAR- KAALAA KURTAILE
Login in to Rate this Post:     0       ?        
नेपेजी, सिरु भन्नी कुश कै प्रजातिको घाँस हुन्छ । र यो सहि हो कि सामान्यातया घाँस काट्दा दोहोरिएन भने सिरु का पातले हात मज्जाले काट्छ, हड्डी चाहि सक्तैन तर मासु भए जति चाहि मजैले काट्छ । पातको छेउ (धार) ले मासु नै चिर्छ भने पातको सतह ले पाछ्ने भन्छन, खाक्सीले जस्तो काम गर्छ । खोई कसरी बयान गरम ? यो घाँस फेरि एक दम पौष्टिक पनि हुन्छ, खास गरि यो खुवाएपछि एक दम दूध पनि धेरै दिन थाल्छन, घीउ पनि धेरै लाग्छ।"सिरु" भन्ने शब्द-मूल चाहि मगर भाषासंग सम्बन्धित छ जस्तो लाग्छ है मलाई । चलनचल्तीको भाषामा रक्सीलाई पनि "सिरुपाते" भन्छन, "सिरु पानी" पनि भन्छन । कारण भने थाहा छैन। कडा ठर्राले जिब्रो र घाँटी पाछ्नी भएर हो कि ? सिरु परानी भनेको चाही थाहा भएन है? " सिरुपरानी " भन्ने सायद तनहु-लमजुङ्ग तिरको मगर भाषामा पो केही अर्थ राख्छ कि ? Keep rolling...
Read Full Discussion Thread for this article