Posted by: nepalean September 6, 2005
BHAUTE HARAEKO SUCHANA
Login in to Rate this Post:     0       ?        
हेर यो सिर्राम के भा को , मैले अस्तिनै भनेको होइन त्यो फुलुको चर्तिकला । ह्वा शहारा फिलिम हेर्न पल्केकि फुलुले नामै रोजि भनेर राखिचन केरे । अब तिमी केलाइ पछिलाको त नि । तिमी हामि गाम्लेले उतै गामतिरका मुइया, अउसरा तेस्तैलाइ फकाम्नु पर्च क्या । मैले त मेरी अउसरालाइ भनेर कति मिठो बसाम्नि चमेलिको तेल किनेको छु अलमाटा ( वालमार्ट ) मा गाएर । मैले त त्यो तेल कसरी लाउनी राम्ररि थाहा पाइ सके नत्र फेरि मेरी अउसराले त्यो बसाम्नि तेलले रोटी पकाएर खाइ भने बित्यास पर्छ क्या । तेल्लाइ तिजां एउटा मिडि किनौ भनेर गको भिकेमटिरियामा ( भिक्टोरिया सेक्रेट ) छ्या छ्या त्या मिडि त कट्टु भन्दा पनि छोटो । आफैलाइ लाज लायो, अब कुर्कुच्चा देखिदा पनि लाज मान्ने अउसराले के लाउली भनेरा रङ मन परेको पनि फ्यात्त फालेर आए । सारै माया गर्चे के मलाइ , ह्वा आज मलाइ भनेर बर्त बसेकि छ रे । मलाइ माहादेब जस्तै होस भनेकि छ रे । मैले झन त्यो गाजा खाने माहादेब भन्दा म नै ठिक, बरु बर्त नबस भनेको त अब तिमि देउता भन्दा पनि ठुलो भयौ पो भन्चे गाठे । क्यार्नि आफ्नै पियारि परि , रिसाए पनि राम्रै लाग्छ के मलाइ त ।
Read Full Discussion Thread for this article