Posted by: shirish September 4, 2005
ASAD - shirish writes A Sher A Day
Login in to Rate this Post:     0       ?        
Ghalib ko ghazal हलचल मच्चाउने जूनको सौन्दर्य बिशाल राम्रो छ ! ती भन्दा पनि मेरो धामका हरेक रुप-ढाल राम्रो छ ! म्वाई त दिन्नन् उनी, तर दिलको चाहना (जिब्रो)मा हो, म त भन्दैछु, सित्तै पाइए जेसुकै माल राम्रो छ ! नमागी, नसोधी दिईने चीजको मज्जा अरु नै हुन्छ, भिखारिले जवाफ नदिए हुन्छ, नगरेसवालराम्रो छ ! उन्लाइ देख्ने बित्तिकै मुखमा चमक आउँछ त्यसै नै, त, उ सम्झन्छे कि बिरामी थिएं भन्नेको हाल राम्रो छ ! खोल्सो नदीमा मिले पछि त नदी नै भै हाल्छ स्वत: काम उस्कै राम्रो, जस्को नतिजा मालामाल राम्रो छ ! हेर्नोस् प्रेमीहरु: चोटबाट कसरि फाईदा उठाउंछन् ? बिरही मनले यस्पाली पनि भन्यो, यो साल राम्रो छ ! तर मलाई थाहा छ स्वर्गका बास्तबिकताहरु प्रष्टै गालिब : तेरो मनलाई खुशि पार्ने यो चाल राम्रो छ ।
Read Full Discussion Thread for this article