Posted by: shree5 September 4, 2005
Narayan gets Madan
Login in to Rate this Post:     0       ?        
यो नारी देहको आकार प्रकार को कुरा आयो कि मलाई सबै भिरिङ्गी साहित्य (porn) जस्तो लाग्छ । हुन त यसमा बडे बडे चिन्तकहरुले कत्रो कत्रो मनोविज्ञान देख्दछन, कुन्नि के के बादी, सिगमण्ड फ्रायड बादी के के जाति हो रे त्यो खासमा त, तर म ग्वाँच भने सबै सम्मै एकनासै देख्छु। पर्सनल विचार हो, अरुहरु सहमत हुनुहुन्न भन्नेमा पुरै सचेत छु । मेरो मापदण्ड चाहि के भने कुनै त्यस्तो साहित्यिक कृतिमा प्रस्तुत नारी देहको सजीव वर्णन गर्ने पाठ्य (text) जति सबै लाई select गरेर delete गरिदिने । त्यसपछि पनि त्यहाँ कुनै plot, अथवा कुनै purpose बाँकी छ भने, त्यो कृति " भिरिङ्गी साहित्य (porn) " होईन, नत्र हो । अब porn नै हो भने त किन त्यो मात्रै पढ्नु प-यो र, ईन्टरनेटमा जति पनि हेर्न पाईन्छ फिरिमा, फोटै पाईन्छ, फिलिमका साना-साना किलिप पनि पाईन्छ फिरिमा नै, किन त्यो वर्णन पढ्नु प-यो र पैसा तिरि तिरि। हुन त म ग्वाँचले त्यति धेरै पढेको छैन, तर मैले पढेसम्मकोमा नारायण वाग्लेको "कफि गफ", किशोर नेपालको कान्तिपुर साप्ताहिकमा आउने "कान्तिपुर गाथा", सम्राट उपाध्यायको "एरेस्टिङ्ग गड--", कान्तिपुर साप्ताहिकमै आउने "यौन जिज्ञासा" तथा युधिर थापाका उपन्यासहरु सबै एकैनासका पाएँ, बी पी कोइरालाका कथानकमा भने नारी देह बाहेक अरु पनि प्लट बाँकी हुन्छन है।मेरो नितान्त व्यक्तिगत अनुभव नि । अब सामाजिक, राजनितीक, आर्थिक, वैज्ञानिक, मनोवैज्ञानिक देखि यौन-मनोवैज्ञानिक सम्म हरेक विधामा सचेत, निपूण newuser जी को प्रतिक्रियालाई चाहि म ग्वाँचले पूर्ण रुपमा सकार्नेछु है। Keep rolling...
Read Full Discussion Thread for this article