Posted by: newuser September 4, 2005
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
पल्पसा क्याफेको तेश्रो अध्यायमा पुगें। केहि वेर अघि मात्र शुरु गरेको।
खासमा नारायणले आफ्नी श्रीमती नीतिकालाई उपन्यास समर्पण गरेर त्यसको भूमिका लेखेका छन् - फिल्मी शैलीमा। भूमिका पुस्तकको बान्की झल्काउने सारभूत शव्दहरु हुन। नारायणले पल्पसा क्याफेको भूमिका नितान्त पृथक शैलिमा लेखेका छन्। जसका कारण चर्चित नेपाली साहित्य पढिसकेकाहरु भूमिका पढ्नासाथ त्यसको औपन्यासिक धरातल निरस रहेको निचोडमा पुग्छन। मलाई पनि त्यस्तै लागेको थियो। कोशेलीमा पढेको कफी गफ मध्ये सबभन्दा 'बोरिङ' कफी गफ जस्तो।
तर पहिलो अध्यायमै उपन्यासले रफ्तार पक्डिसकेको छ । दोश्रो अध्यायमा कथानक तयार भैसकेको छ। लाग्छ यसमा गफ मात्र छैन। साहित्य छ - काल्पनिक दृश्यलाई शब्दहरुले सजीब तुल्याइदिएका छन्। जस्तोकी ''रुखको छाया जूनले अलक्क कोरेको भित्तामा थप आकार दिंदै उ आइरहेकी थिइ। ''
मलाई पुस्तक पैंचो दिने दाईलाई सोधेको थिएँ - दाई पल्पसा क्याफे सिध्याउनुभयो ? ''खै एक दुई पन्ना मात्र पढें त्यसपछि कामको चटारोले अघि बढाउन भ्याएको छैन।'' शायद उहाँ पनि भूमिकाको शिकार हुनुभए जस्तो छ। ''त्यसो भए मलाई दिनुस न त।'' अनि पाइहालियो।
पूरै नसकी कति प्यारप्यार गर्नु ? पढि सिध्याउँछु अनि थप कुरा गरौंला।