Posted by: shree5 September 4, 2005
Nepal provides token assistance to US hurricane victims
Login in to Rate this Post:     0       ?        
यस्तै हो, सँगसँगै ईराकमा पनि पुलमा दुर्घटना भएर झण्डै हजार जना मान्छे मरे, तर सबैले सहयोग जति उही मुखिया साहेबलाई मात्रै टक्र्याउँदा रहेछन । जेहोस, मानविय नाताले नेपालले मुखिया साहेबलाई जे जति टक्र्यायो, यो हामीले गर्व गर्न लायक काम नै हो (हो साँच्चि हो ?) जस्तै लाग्यो मलाई त, जे भए पनि १७ लाख नेपाली रुपिया भनेको थोरै हो त, हाम्रो बोलि पनि नफुटेको नाति महाराजधिराजलाई नै चाहिन्छ नि यो भन्दा बढी, तुलसी गिरीलाई भत्ता चाहियो, पारस सलकारलाई रिक्रिएशन गर्न पर्यो, तेस्तै ज्ञानेन्द्र सरकार अम्रिका आउन पर्यो, धेरै दिन कहाँ पुग्छ र? कमसेकम १ लाख डलर सम्म दिएको भए पनि राष्ट्रको रुपमा नाक त रहन्थ्यो होला, १ लाख डलर पनि दिन नसक्नीले के देशको नाममा पैसा दिन पर्यो? स्मरण रहोस, यस भन्दा अगाडि नेपालले जहाँ पनि सहयोग गर्दा १ लाख डलर नै दिने गर्दथ्यो, जुन amount विकासशील राष्ट्रहरुको norm जस्तै नै हो । के नौटङ्की गरे ज्ञानेन्द्र र तुलसी गिरीले, लाजमाथि लाज थपिने गरि । Keep rolling...
Read Full Discussion Thread for this article