Posted by: shirish September 3, 2005
Login in to Rate this Post:
0
?
for the weekend:
औषधीले झैं चह-यायो खाक घस्दा एक्कासी !
जोगीको आभास भयो जिन्दगी फस्दा एक्कासी !
उडी केल्लाई छोवोस् आकाशिदो उद्देश्यले ?
उचाईमा टांगिएको चन्द्रमा खस्दा एक्कासी !
मन्द बिख दिनदिनै पिई मात्नेलाई पनि,
असर नसामै प-यो, सर्पले डस्दा एक्कासी !
गधाको भारी पनि आफ्नै पिठ्यूमा लादे जस्तो,
उठ्नै गारो भयो, थकाई मार्न बस्दा एक्कासी !
भाग्दा भाग्दै भ-याङ्ग भेट्न भ्याउदै भ्याईएन,
झ्याल र ढोकाबाट नै अध्यारो पस्दा एक्कासी !