Posted by: Deep September 3, 2005
Bhale----------Deep
Login in to Rate this Post:     0       ?        
ए, कुरो त कता पो लागेछ। अनि खहरे टुकुचा पास गरेसी हल्का देब्रे मोडिएर उत्तर क्रमश: लागेसि त्या पसल अगाडिबाट दाईने लागिम हामि। एक दुई वटा मोड लिएर देब्रे तिर त्यो धारा छोडे पछी त आइपुगी हालियो, धुम्बाराइको रुख मुन्तिरको धुम्रबाराही मन्दिर। मन्दिर अगाडिको चौरमा नबसेर मन्दिर पछि ल ागिम, अन्तिम तयारी र मौकाको ताकमा। भोलिको पिकनिकलाइ कुखुरा चोर्न आको हामी, कुरा खुलस्तै गर्नु पर्दा। पण्डित आफु राँगो नखाने भा भे र त्याँ धुम्बाराइमा कुखुरा पाल्या घर पत्ता लार कुखुरा झ्याप हान्ने योजनामा हाम्लाई नी समेट्या थ्यो। कस्ले चोर्छ नी भाले? मैले सोध्दा "किन म मरें र?" भन्दै मलाई उल्टो सोध्ने पण्डित ऐले मन्दिर पछाडि आएसि चाईंचुई गर्दैन बा! ए मु** पण्डित, जान त के साइत हेरेर बसि रा? मैले भनें। पख् न त मु** एक छिन, भन्छ पण्डित त! बाले चै अगि रक्सिमा किचकिच परे देखि खास बोलेकै छैन। जो चोर उस्कै ठुलो सोर भनेर हाम्ले नि बाल देनम्। कुन घरमा छ भाले? बाङ्गेले सोध्यो। पण्डित बाटो लाग्यो, हामि पछि लागिम्। हो रे छ, घ्वाँक भाले रे छ त्यो घर मा त (कुन घर चै नभनम होला, साझामा को को आउँछ को को)। भाले हेरेर पण्डित फेरि मन्दिर पछि आयो, अलि साँझ परेसि भन्दै। मन्दिर पछाडि हामि बसिरहेम्। चुरोट छैन कसै सँग? मैले सोधें। टाउको हल्लाए सबैले छैनमा। "बिंडि छ म सँग तान्ने भे" बाले बल्ल बोल्यो। बिंडि त घ** नी तान्दिन भन्न लाइसक्या थें तर तलतल लागि सक्या भे र "खै ले" भनें। ह्या *जी शिव बिंडी खत्तम छ यार, गणेश राम्रो छ के। गणेश बिंडी नी नक्कली हुन्छ। रजिष्ट्रि नम्बर २१२ चैं असलि हो। पण्डितले बिंडी बिषयमा उस्को दखल कत्तिको छ प्रष्ट पार्यो। केइ नभेटे कागज बेरेर त तान्ने हाम्ले शिव बिंडि न तान्ने त कुरै भे न। पण्डितले आलटाल गर्दैथ्यो बाले जुरुक्क उठेर हिन्यो। तु्र्कान दिन गा होला भन्या त एक छिन भो दुई छिन भो आउदैन बा बाले त। रिसार घर तिर लाग्यो कि जस्तो लाग्यो। तेसो त नगर्नु पर्ने हो। तेति जाबो रक्सिमा अगि धेरै किचकिच भो के, पण्डित बोल्यो। तँ मु** लामो कुरा नगरि खुरुक्क जा त भाले लिन हैन भने राँगा मासुमा फेला पर्लास भोलि। मैले झर्किदै भनें। पण्डित लाग्यो भाले चोर्न त्यो घर तिर। एकै छिनमा गुरुरु मान्छे दौड्या आबाज आयो। कुखुरा भा घरको मान्छे ले पण्डितलाई लखेटेको हुनु पर्छ भनेर हामि पनि टाप हान्या त पण्डित पख पख भन्छ पछाडि बाट। कुखुरा ल्याएछ पण्डितले भनेर रोकिएर हेर्या त कुखुरो सुखुरो त छैन बा! स्वाँ स्वाँ गर्दै पण्डितले भन्यो, "बालेलाई समातिरा छ त्याँ...म जान्छु भन्दा भन्दै मु** बाले गएछ भाले समाउन....क्या बोर।" ************
Read Full Discussion Thread for this article