Posted by: Deep September 3, 2005
Bhale----------Deep
Login in to Rate this Post:     0       ?        
ए, साँच्चि बाङ्गे अस्ति राति म काँ आथ्यो सुतान दिन। बाङ्गे शिबदाईको बैनी नितालाई ब्या गर्छु भनेर भुसुक्कै लाग्याथ्यो। टोलमा धेरैलाई था थ्यो। तेइ भेर देखादेख हुँदा शिबदाईले हरिप घुर्थ्यो बाङ्गेलाई। बाङ्ग्या रेपुटेसन भनेनी इज्जत भनेनि टोलमा राम्रो थे न। अस्ती पानि पर्या दिन, लभ लेटर बोकेर पुगेछ बाङ्गे निताको घरमा साँझ तिर बाउको रक्सिले जिउ तताएसी। को हो हँ? शिबदाईले सोधेछ। बाङ्गे चुप। को हो ए ? झन नजिकै आयो शिबदाई भर्याङ ओर्लेर, ढोका त बाङ्गेले आफु छिरेसी ढप्काएछ किन हो, दशा लागेर होला। अध्यारो निष्पट, ढोका खै कता हो। शिबदाई राति सम्मै बाहिरै हल्लिन्थ्यो, तै भेर बाङ्गे शिबदाइ घर आउनु अघिनै लेटर दिन पुग्या रे छ। पानी पर्या दिन भे र शिबदाई त घरै। बत्ति ट्रान्सफर्मर पडकेर मु** हावा खाईसक्या थ्यो। पानि झम झम बाहिर परि रा...लेख्या लभ लेटर दिन सजिलो हुन्छ भनेर झन सटको खल्तिमा राख्या रे छ बाङ्गेले भिजेर मसि खल्ति तिर सरी सक्या एक छिन भै सक्या रे छ। को भन्या तँ? शिबदाइले ठुलै सोरमा सोधेछ। डरले बाङ्गेको मुख बाट "म" फुत्त निस्केछ। भो अब। को म? शिबदाई सन्कियो। चिनेन छ भनेर बाङ्गे ढोका खोज्न तिर लागेछ निस्केर टाप हान्छु भनेर। तर ढोका खोज्दा धोका मिलेछ। छामछाम छुमछुम गर्दा गर्दै बाङ्गेले छाम्न पुगेछ शिबदाई लाइ। अध्याराँ आफ्नो घराँ छिर्या छ मु*जी को हो को...अझ झन आफ्नो जिउ समेत छाम्न थालेसि शिबदाई अलि आत्तेछ र दुई चार खुडकिला भर्याङ चडेसि सलाई झ्यारर कोरेर हेर्छ त बाड्गे। देखा देख भो। दाईले भर्याङ फिर्ता ओर्लेर ढोका खोलेछ। ओज्यालो अलि अलि भे नी भो। ए! बाङ्गे के गरिरा हँ त याँ? शिबदाईले तातेर सोधेछ। केहि हैन दाई, कस्तो पानी परिरा भन्या हइ अनि..म त्याँ चाबेल गा थेँ .. बाङ्गे कथा रच्दै रे छ केइ न केई त भन्नै पर्यो भनेर तर शिबदाइलाई उस्को कथामा खासै रुचि रेनछ, भर्याङ समातेर बौध्दमा हेर्या कम्फुको एक साउलिन किक बजाएछ बाङ्गेको पेटमा। बाङ्गेले नी तु बुझेछ शिबदाईको कथामा मन लागेन अब म जति सक्दो चाँडो बत्तिन याँ बाट भने मेरो कल्याण छैन भनेर। कथा अधुरै छाडेर बाङ्गे उस्को घर तिर लागे शिबदाइ चैं घरैमा आइपुग्ला भनेर म काँ हाजिर भा रे छ । ...
Read Full Discussion Thread for this article