Posted by: Nepe September 2, 2005
Nepe's disdain for Anonymous Posters
Login in to Rate this Post:     0       ?        
दादा, सेप्टेम्बर १६ को उद्देश्य तानाशाही राजाको बेईज्जत गर्नु मात्र नभएर नेपालमा विकसित हुँदो "लोकतन्त्रको लागि नागरिक आन्दोलन" प्रति ऐक्यवद्धता प्रदर्शन गर्नु पनि हो । त्यसो हुँदा राजाको सामु धनुष्टंकार मुद्रामा बिन्ति बिसाम्नुले मात्र यी उद्धेश्य पुरा नहुने छर्लङ्गै छ । त्यसमाथि महाराजले बिन्तीभाउप्रति टेरपुच्छर नलगाएको देखेर आजित भएका लोकतन्त्रवादीहरुले गर्न लागेको प्रदर्शन हो । सम्झाईबुझाई, रोईकराई, बिन्ती-दुहाई लगाउँदा महाराजले सत्ताकांक्षा छाडिबक्सिन्छ कि भन्ने आश बाँकी रहेका कोहि भेटिएनन्- आयोजक, समर्थक-सहयोगी, स्वयंसेवक यावत समुहमा । वास्तवमा महाराजमाथि "साम, दान, दण्ड र भेद" मध्येका यो "साम" उपाय प्रयोग गरिसकिएको हो, प्रवासी लोकतन्त्रवादीहरुले मात्र होईन, स्वदेशवासी नागरिक समाज, दलहरु, अन्तर्राष्ट्रिय दातृ समुह, सरकार, सँरासं र लोकतन्त्रसंग चासो राख्ने सारा संघसंस्थाहरुले समेत, गत तीन वर्षदेखि अनवरत अविश्राम । "साम" मात्र होईन वास्तवमा "दान" पनि उपयोग गरेको हो, केहि ख्याँसेन । दलहरुले र केहि नागरिक नेताहरुले समेत Ceremonial Monarchy मा बसिसिन्छ भन्ने महाराजलाई गद्धिबाट खसाल्दैनम्, माओवादीलाई पनि मनाम्छम् भनेकै हुन् । ढुङ्गो बोल्ला महाराज नबोलेपछि र झन् झन निरंकुश हुँदै गएपछि महाराजको राजनीतिक महत्वाकांक्षा अदम्य रहेछ भन्ने कुरा बुझि एमालेले राजतन्त्रै निखार्ने घोषणा र नेकाले पनि त्यसैको समर्थनप्राय: र अरु त अरु राप्रपाले समेत राजासंग सती नजाने घोषणा ग-या छन् । त्यसैले "साम" र "दान" को ट्याम र उपयुक्तता छैन अहिले । "दण्ड" र "भेद" को समय हो यो । जहाँ सम्म कुन र कस्तो कार्यक्रम बढी प्रभावकारी होला भन्ने कुरा छ, तपाईलाई भित्री कुरा सुनाईदिम (ज्यादै भित्री चैं होईन है यो, माने यो अनौपचारिक र अर्धखुल्ला छलफल हुँदाको हो)- एउटा प्रस्ताव तपाईको जस्तै थियो, महाराजले स्विकार गरिबक्सेछ भने एउटा "पत्रकार सम्मेलन" सदृश कार्यक्रम गरी महाराजलाई -याख-याख पार्ने । राजकिय भ्रमण व्यवस्थापकहरुले यस्तो कार्यक्रम के स्वीकार गर्थे भन्ने भएपसि यो प्रस्ताव पाखा लाग्यो । नत्र भने म पनि वास्तवमा राजासंग face to face हुने अवसर चाहन्थें । मिली पो हाल्छ कि, पेन्सिलभेनिया होटेलाँ ? ताकमा छु । Any organizer ?
Read Full Discussion Thread for this article