Posted by: Punditji September 1, 2005
Login in to Rate this Post:
0
?
साथीहरु, यस पटक कनिकुथि नियममा बसेर लेख्?ने कोशिस गरेको छु । तैपनि एकठाममा काफियाले धोका दिइहाल्?यो । मैले मात्र के गर्ने 'हिमाल' लाई 'हामल' लेख्?नु भएन के रे ।
बेहर चैं मिलेको छ है ।नियममा बसेर लेख्?दा गजलको गेयता चैं सत्तेनाश भयो ।।
तिम्रो कालो कपाललाई साउनको बादल लेखें ।
चंचल दुई नयनमा लगाएको गाजल लेखें ।।
रगत्त्?याम्?म ती अधरहरु छुँदैखेरि मात लाग्?ने ।
उन्?नत तिम्रो छातीलाई टल्?किएको हिमाल लेखें ।।
ढकमक फूलजस्?तै फक्रिएको उनको जोवन ।
त्?यही जोवन पाउँ भनि गरिएको भाकल लेखें ।।
पोल्?यो मुटु भतभती जल्?दा पीरतीको अगेनुमा ।
शीतल छहारीलाई तिम्रै रूपको आँचल लेखें ।।
मोहिनी तिनी रूपसीको मायाजालमा फसें आज ।
प्रेमरोग लागेपछि पंडितलाई पागल लेखें ।।