Posted by: Poonte August 29, 2005
BHAUTE HARAEKO SUCHANA
Login in to Rate this Post:     0       ?        
मैले त अस्ति नै भन्या हो क्यार, सिरि ५, भउतेको भरोसा छैन भनेर। भटभटे ल्याए देखून् देऊराली होईन याक खुवाउँछु भन्छ अझ! साँचो कुरो बोल्दिम्? याक त के, मेरी धोबिनीले हिजो भउतेले के के यत्ती लाम-लामा चुरोट तानी रा' देखेकी रे! "कस्ता अनौठा चुरोट तानेऊ दाजी, काँर ला'का तेस्ता चुरोट?" भनेर सोधेकी रे। "यो त फरेन चुरोट हो नानी, यस्लाई 'मारबुढो' भन्छ, 'मारबुढो'। अरु कसैलाई नभनेस् नि फेरि!" भन्दै स्वार स्वारति तानेका रे ति चुरोट। पातकी धोबिनी फेरि, आ'र "भउते दाजीले बुढोलाई मार भनेछ" भन्दै मेरै खप्पर माथी दाबिलो ताकी रा'! त्यो च्यात्त्या पेटिकोट सि'दिन्छु भनेसि बल्ल सास फेर्न दिई। कुरो भने नि, सिरि ५, तिम्लाई चईं याक खाऊ भन्दै भउते आफू भने बिदेशी "Marlboro" तान्दो रईच। लुकी लुकी त्यो नि! बज्येलाई हाम्रो साथी दिपेको दोस्त बाङ्गे संग भेटाईदिन पर्नी! अनि तान्थ्यो नि "दुनेल"! अनखेर यी "फूलमती"को नि भरोसा नगरे हुन्छ, सिरि ५! साह्रै नखरमाऊली पो छे त! आश देखाउँदै भूसको गास ख्वाउँछे!
Read Full Discussion Thread for this article