Posted by: shirish August 29, 2005
ASAD - shirish writes A Sher A Day
Login in to Rate this Post:     0       ?        
Hos aba tasdina bhanda ni manai manena ! Eklai ke barbar garnu ? तिम्रो प्रेमीको बहार झर्दा, म ऊपहार हुनु पर्ने भो ! मुटु दुखाउँछ जब अरुले, म उपचार हुनु पर्ने भो! तिम्रो प्रतिष्ठा बचाउन, गोली खाई शिकार हुनु पर्ने भो, घाईतेलाई स्याहार्नु कता कता, ईन्कार हुनु पर्ने भो ! तिम्रा काला बिचार बिकाउन खुला बजार हुनु पर्ने भो, मुकुण्डोका पाप अगाडि, मेरो सौम्य अनुहार हुनु पर्ने भो ! मेरो सामर्थ्य छ, उच्च शिखर भै आकाशलाई चुम्ने, मेरा पाईला अधि बढ्दा, तिम्रै आभार हुनु पर्ने भो! आफ्नोलागि, शान्तिसित वाँच्ने, फुर्सद कति खेर ? सदैब, तिम्रा फाल्तु युध्दकोनिम्ति तैयार हुनु पर्ने भो! टल्किन्छु, चम्किन्छु, अस्तित्व बनाउछु भनेर, सानै तारिफकालागी तिम्रै जुहार हुनु पर्ने भो ! मेरा बिशेषता: तिम्रानिम्ति पानी सरह भए यता, तिम्रो ईच्छाको आकार बन्न, निराकार हुनु पर्ने भो! तिम्रो शासनको प्रतिकुल स्थिती, शक्ति थुनें हरेक कैदबाट निस्कको सत्य सुनी, म फरार हुनु पर्ने भो! (कैदीहरुको मूर्दाबाद सुनी, शिरिष फरार हुनु पर्ने भो!)
Read Full Discussion Thread for this article