Posted by: Ok August 28, 2005
HOuse revival ??
Login in to Rate this Post:     0       ?        
थाहा छैन हाम्रा नेताहरु कस्ता कस्ता योजना बनाउँछन्? किन संसद पुनर्स्थापना जस्तो असान्दर्भिक र खत्तमबाटोको गफ गरेर आन्दोलनलाई झन् कमजोर बनाउन खोज्छन्? अलिअलि मात्र पनि यि फटाहाहरुको दिमागमा बुद्दि बाँकि हुँदो हो त एमालेले अहिले पास गरेको नीतिमा सबै एकजुट भई आन्दोलनमा लाग्नु पर्ने हो। तर गुह्यकुरा निकै जटील छ। एमालेले लोकतान्त्रिक गणतन्त्र पास गरेको छ, तर नेता बनाएको छ माधब नेपाल र ईश्बर पोखरेलहरुलाई नै। हुन त दोस्रो पोष्ट बामदेब गौतमलाई दिएर केहि हुन्छ कि भन्ने आसा त पलाएको छ, सँगसँगै सातदलको जुलुसमा गणतन्त्रको नारा नलगाउन माधब नेपालले दिएको निर्देशनले यो नीति त केबल एमाले युवाहरु झुक्याउन, आफ्नै पार्टीमा बलियो हुँदै गएको राजाबिरोधि स्बरलाई मथ्थर पार्न र नयाँ रंगमा पुरानै नेतृत्वको हालिमुहालि चलाउन आएजस्तो देखिन्छ। माधब नेपालको भाषणले उनी आफैं आन्दोलनदेखी डराईसकेको भान हुन्छ। यस्ताले के आन्दोलन गर्लान् र खै! अहिलेको समस्यामा झन् आगोमा घ्यू थप्नु भनेको संसद पुनर्स्थापना गर्नु हो। यसो गर्दा दरबार र माओबादीलाई (जुन दुबै नेपाल र नेपालिका लागि शत्रु साबित भैसकेका छन्) बाहेक कसैलाई पनि फाईदा छैन्। असोजतन्त्रदेखिनै नेपाली जनताको नजरमा गिर्दै गएर मरीसकेको राजतन्त्रको सिनुलाई कन्टेनरबाट झिकेर नेपाली जन्ताको घरआँगनमा गनाउने गरि राखी जनताको रगत पसिनामा होली खेल्ने बाताबरण सृजना गर्ने उत्तम बाटो नै सँसद पुर्स्थापना हो। यस्ले नेपालको गृहयुद्दको अन्त्यलाई झन् पर धकिलिदिन्छ। हेर्दैजानुस् साथिहरु, अहिलेको स्थितिमा संसद पुनर्स्थापना भयो भने देशमा रगतको खोलो नै बग्ने छ र अहिले भएका हत्या र आतंक त त्यसबेला शान्तिको रुपमा हामीले बुझ्न थाल्ने छौँ। नेपाली जनताको दुर्भाग्य नै मान्नु पर्छ, यदि यति तिब्र गतिमा ध्रुबिकरण हुँदै गएको नेपालको राजनीतिमा संसद पुनर्स्थापना भयो भने। हामी सबैले कामना गरौँ, यो नभैकन हामी नेपाली जन्ताले सामन्ति राजतन्त्रलाई जरैदेखि उखेलेर सदासदाको लागि बिदा गर्न पाउँ र उज्ज्वल भविश्यको निर्माण गरौँ। १. संसद पुनर्स्थापना जस्तो जनतामारा, देशमारा र शान्तिबिरोधि कुराको बिरोध गरौँ। २. संबिधानसभा मार्फत नेपाली जन्तालाई राजतन्त्रको भबिश्य निर्माण गर्न दिउँ। ३. संबिधानसभा मार्फत नेपाली जन्तालाई नेपालको संबिधान बनाउन दिउँ। --- ओके
Read Full Discussion Thread for this article