Posted by: Dada_Giri August 28, 2005
Gazal time
Login in to Rate this Post:     0       ?        
ए पण्डितजी फ्यान बढे भुनेर JPT लेख्न थाल्या भे त कुरो अर्कै हो, तर हैन भने कमेन्ट सुन्नुस् यता। जीन्दगीको उकाली त धेरै चोटि चढिसकेँ । तिम्रो मनको देउरालीमा झर्न बाँकी छ ।। देउरालीमा झर्ने रे? हैन, अहिले तपाईँ कहाँ हुनुहुन्छ र? भाखा मिलाम्नलाई "झर्ने" नै नलेखी नमान्ने भे देऊरालीका ठाममा भन्ज्यागं सन्ज्यागं बनाम्। नभे त्यो "झर्न बांकी छ" "सर्न बाँकी छ" अथवा अरु यस्तै भनम्। राजासित बोलेको मुख तँ राँडीसित? भन्थ्यो रे हाम्रा गामका क्यान्टिनले बुढीलाई गालि गर्दा। राजालाई भेटेर आएछ। अनि घर बुढी कचकच गर्नी। के भनोस् त नि बरा। त्यस्तै, गालिबको गजल पढ्या केटो पो हो त, अरु अरुले उल्था गर्दिएसी।
Read Full Discussion Thread for this article