Posted by: Deep August 26, 2005
Dunel -------------Deep
Login in to Rate this Post:     0       ?        
बाङ्गेले निउँ खोज्न होला अघि नै छ्याकले दुइटा बुढी औलाको नङका बिचमा च्यापेर "यो प्याकमारा चल्दैन" भनेर घोषणा गरि सक्या गुच्चा फेरि राख्यो बाङ्गेले त्यो पनि छ्याककै पालामा। फेरि भनाभन भो...ल छो त... ल त ..छो त सम्म पुग्यो। टाट भइस भने **जि म टाट भईँ भनेर माग्न म दिन्छु तँलाई, छ्याक खालको गुच्चा एउटा हातमा र ढक आर्को हातमा मुठ्ठि पारेर उफ्रियो। थामथुम पार्नै गारो हुन थाल्यो। हुन त रमाईलो नी भै रा थ्यो। तँ टाट हो? छ्याकले बाङ्गेलाई सोध्यो। बाङ्गे बोलेन। स्वाँ स्वाँ गरेरे उभ्भि रह्यो। "ल बाङ्गे टाट... तिमेरु राख" छ्याकले उर्दि गर्यो...हाम्ले राखीम आफना आफना कित्ता। छ्याकले गुच्चा खालमा भल्दा भल्दै बाङ्गेले एउटा कित्ता हवाक्रयाङ्गको छेउमै हु्रयाउदै बोल्यो "दाईलाई के सम्झ्या छस मा######"। बाङ्गेले आफुलाई "दाई" भनेर चिनाउथ्यो फुर्ति गर्दा बेला बेलामा। छ्याकले ढाप हान्यो। हार्या नसाले माति सक्या बाङ्गेलाई छ्याकको ढाप असह्य भो। च्यापप कठालामा समातेर छ्याकलाई आधा घुमाएर बाङ्गेले मुखमा बजायो छ्याकलाई एक सट। छ्याक एक छिन त के भो के भो भनेर अलमलियो। "तँ रा##को बानलाई ढाप नहान भन्या हैन?" बाङ्गे गर्जिदै खालमा भलेका गुच्चा देखाउन खाल तिर फर्किन्छ त खालमा गुच्चा छैन भल्या। अब बाङ्गे अलमलियो। तै मौकामा छ्याकले ब्याज समेत फर्कायो बाङ्गेलाइ। घारघुर भो। कित्तामा याक सम्म आउँदा समस्या हुदैनथ्यो। लालीगुँरास आउँदा भाउ तोक्नु पर्थ्यो। हुन त पानसे पचपन्न सम्मको भाउ तोकेको थ्यो तै पनि खाल र खेलाडिमा भाउ तल माथी पर्न सक्थ्यो। छ्याकले भल्नै लाग्दा बाङ्गेले हु्र्याको कित्ता देखेर छ्याक अडकेछ। भल्न हुत्ति सक्या तर नभल्दा ढाप हान्न पुग्या छ्याकलाई धाप हानेर फेरि चार छिया एक्लि भल्यो भनेर बाङ्गेले आँखा देखेनछ र एक सट हानी हाल्यो छ्याकलाइ। दुनेल को कति कति भनेर भाउ मिलाकै छैन..$$जि बाङ्गे। छ्याक अलि मत्थर भो। छ्याक को कुरा मुनासिब हो। बाङ्गेले तेसको बाउले काँ बाट हात पार्या हो त्यो डनहिल चुरोट झ्याप हानेर ल्या रे छ ..खालमा डनहिल त्यो अघि आकै थेन.. हातमा त्यो डनहिलको रातो पृष्ठभुमीमा तन्केका डि एच र एल लगाएतका सुनौला अक्षर प्रति आकर्षित हुँदै छ्याकले बाङ्गेलाई सोध्यो.."कति यो दुनेलको कति?"
Read Full Discussion Thread for this article