Posted by: Deep August 26, 2005
Dunel -------------Deep
Login in to Rate this Post:     0       ?        
चुरोस छ? छ्याकले प्याच्च सोध्यो सम्बोधन बिना नै मेरा र बाङ्गेका सँग उस्का आशे आँखा जुधाउँदै। छ्याक मेरो साथि, सानै देखि। "के तानिस ए छ्याक?" मैले एक दिन तेसलाई गणेशथानमा धुवाँ उडाइरा देखेर सोधेँ। एक चोटी मलाई घुरेर बोल्यो "गैंर चुरोस"। छ्याक भन्या मन नपरेर होला घुर्या तर तेल्लाइ सुरेस भन्न मेरो जिब्रै नलागेसि मैले के गर्ने? दुइ चार चोटी हानाहान पनि भो तेसको मेरो सुरु सुरुमा मैले तेल्लाइ सुरेस भनिन रे भनेर। हानाहान परिसकेसि त झन प्रेस्टिज इस्सु कि के भन्छन नि हो तेस्तो भएर झन मरिगए सुरेस भन्न मन लागेन। सुरुमा घार घुर भए पनि बिस्तारै ठिक भो। ठुटो टिपेर तान्या थुक्क @@@@ ...जुठो ठुटो टिप्न टिप्न परेसी याकको टिप्न पर्छ नि ..फिल्टर नि हुन्छ तेसमा। मैले ठुटोको लागि हात बढाउदै भनेँ। बाउको इस्टकोटबाट हाइज्याक गरेर ल्याको, छ्याकले ठुटो म तिर सार्दै भन्यो। मेरो त छ्याक उस्तादै भन्दा हुन्छ...चुरोस तान्न सिकाकै उसैले हो। चुरोस छैन? यस पटक छ्याकले पैला मलाई हेर्यो अनि बाङ्गेलाई हेर्दै थप्यो.." यो @@@@ भिखारी सँग त झन के हुन्थ्यो" । छ म सँग, बाङ्गे बोल्यो। के साइत हेरेर बसिरा त ? झिक्न त...तेइ गैंर चुरोस त होला नी तँ सग, हैन बाङ्गे? छ्याकले अलि हेपेर सोध्यो । हैन फिल्टर भाको छ, बाङ्गेले जबाफ दियो। "के चुरोस?" छ्याक दङ्ग पर्यो। के त तैँ भन्न हेरेर, बाङ्गेले सजिलै भन्यो, अनि थप्यो पनि "तर अलि ओस्या छ"। ओस्या छ रे? के गरेर ओस्या त? छ्याकले अलि चिन्तित हुँदै सोध्यो। पञ्चेधारामा न्वार आउदै छु भरखर...बाङ्गेले स्पष्टिकरण दियो। हुन्छ ओस्या भे नि, झिक...ताने पछी ताति हाल्छ नि..त्यै दुनेल त होला नि, हैन? छ्याक जोस्सियो तान्न। पक्का तान्ने हो? बाङ्गे ले सोध्यो। हो हो @@@@ झिक, ...छ्याकले खुसि हुदै भन्यो। उ त्याँ परखाल पछाडि हिन त उसो भे, बाङ्गेले परखाल देखाउदै भन्यो। किन? छ्याक छक्क पर्यो। अब यो बिच बाटाँ झिकेर काँ तान्न दिनि त तँलाई? कस् कस्ले देख्छ कस् कस्ले ? बाङ्गे परखाल तिर लाग्यो छ्याक पछि पछी। म तयार थिएँ। दारी मुसार्दै आउदै गर्या नरेन्द्र बाजेलाई हेर्दै मैले सोधेँ, गुरु, राँगो एकादशी कैले हो?" ठुलो एकादशिलाई हामि जिस्केर ठुलो खसि भन्या जस्तो राँगो एकादशी भन्थीम जुन सुन्दा गोलभेडा समेत नखाने नरेन्द्र बाजेका कन्सिरिका रौं तात्थे। गुरुले घुरे मात्रै...साउने सक्रान्ति कति गते रे गुरु? मैले थपें। जनै पुर्ने कुन तिथिमा रे गुरु? गुरु, यस पालि तिथि टुटेर दसैं त्यार मा पर्या छ रे हो? मज्जाले ताति सक्या गुरुलाई एक दुइ वटा अरु नि प्रश्न गर्नु थ्यो तर पर्खाल पछाडी हाना हान सुरु भै सक्या भे र म पर्खाल तिर हुइकिएँ। जान्या जति मनपरि शब्द ओकल्दै छ्याक र बाङ्गे हानाहानमा लाग्या रेछन। मलाई देख्ना साथ छ्याक गर्जियो "दुनेल चुरोस छ भनेर **जी बाङ्गे ..ह्याँ पर्खाल पछाडी आएसि त जिपर पो खोल्छ ए मा*******! " बाङ्गेले छ्याकलाई हेर्दै थप्यो, "दुनेल दुनेल भन्ने तैं हैन? यै हो **जी दुनेल..आइज..ओस्या छ त भनेकै हो नी मैले मा******।" फेरि हानाहान पर्यो। छुट्टयाको जस्तो नी गर्नै पर्यो मैले। जे होस रमाइलो भो। के गर्ने अचेल जस्तो मनोरञ्जनको साधन तेति बेला धेरै नाईँ, अन्त सानो तिनो रमाइलो पनि जो हात सो साथ गर्नु पर्थ्यो। दुनेल को बारेमा पनि भनम ला नि म।
Read Full Discussion Thread for this article