Posted by: shree5 August 26, 2005
BHAUTE HARAEKO SUCHANA
Login in to Rate this Post:     0       ?        
हईन बारे, दादाले ढाँट्नु भओ। कुरो के भएछ भनी तो लाहुरे आ'को पुनि हो । अनि भान्सा सान्सा गरिसके पछि अँगेनामा कुँडे भरि दूध तताम्न लाग्नु भएछ ठाईला मामाले । अनि ती पाहुना पुनि तेही थिए अरे । दूध घोटी घोटी तताएसी ठेकीमा राखेर उहाँ सुत्न आँटी तिर जानु भएको पुनि हो । पाहुनालाई मोही मागेर खान भनेको पुनि हो । अनि पाहुनाले मोही मागे पछि त जमुनिकी आमाले कतै जमुनीले फेरि मोही भनेर झुक्किएर भर्खर तताएको दूध त दिनी हैन, मोही भाको ठेकी र दूध राखेको ठेकी एकै ठाममा छन फेरि उल्का होला भनेर डरले आफै बटुको लिएर मोही सार्न जानु भएछ। अँध्यारो के रे, अनि बटुका भरि मोही ल्याएर दिएको त तो पाहुनाले त मोहि लिएर एउटा हातले भूईमा राखेछ र उहाँले ओढेको मुजेत्रो ले च्याप्पै उहाँको र आफ्नो मुख, टाउको ढाक्यो अरे । जमुनीका पाला त के हो के हो, चोर डाँका होला, आमाको ढुङ्ग्री, फुली चोर्न लाग्यो भन्ठानिछ । आमाका त खास पितलाका हुन, लुटेरै लगेछ भने पनि केही भएन, मेरा त सुनका हुन ।मेरा पनि लुट्ला भनेर म त स्वाँट्टै करेसा तिर बाट फुङ्गालेर आएँ, सिरे, मलाई आज रात भरि लुकाईदेउ भनेर मेरा घराँ राति ११ बजे तिर आई पुगेकी थिई त। मैले नि मजेरिमा ओछ्यान लाई दिएँ, आफू आँटीमा सुतें। अघि भर्खर त गा कि हो जमुनि । बरु जमुनिकी आमा पो जानु भएछ कि लाहुरे सँग त हँ ? बरा ठाईला मामा, एउ फेरा बुझ्न जान परो, के के भा हो, अहिले भात खाएसी उक्लिन पर्ला तेता तिर । Keep rolling...
Read Full Discussion Thread for this article