Posted by: Ok August 26, 2005
Manju, Malai Maaf Gara Hai !--II
Login in to Rate this Post:     0       ?        
कक्षा ९ को बार्षिक परिक्षा आउनु १ हप्ता अगाडि 'अब त अति नै भयो' भन्ने सोचि मञ्जुसँग सोध्ने बिचार गरेँ। घरमा सोध्ने हिम्मत आएन। स्कुलमा टिफिनटाईममा सोध्नु पर्यो भनेर "मञ्जु, भोलि हाफटाईममा तिमिसँग केहि कुरा सोध्नु छ, त्यहि बरको चौतारोमा जाँउ है!" भनेँ। "के कुरा? अहिले नै भन्नुस् न" मञ्जुले अहिले नै जान्न चाहिन्। "गोप्यकुरा छ के, भोली स्कुलमा कुरा गरौँला नि हुन्न? एकदम गोप्य छ"। मेरो कुरामा मञ्जुले स्विकृति दिईन् "हुन्छ, किन नहुनु"। हामीले कुरा गर्दा मञ्जुको ममी अर्को कोठामा हुनुहुँदो रहेछ। हामीलाई केहि पनि नभनि उहाँ त सरासर भुईँतलामा झर्नुभो। भोलिपल्ट सदा झैँ मञ्जु र म स्कुल जान तयार भयौँ। मञ्जुको ममीले मञ्जुलाई स्कुल जान दिनु भएन। घनश्यामसरले पनि कुनै प्रतिकृया जनाउनु भएन। म मात्र लुरुलुरु स्कुल गएँ। म मञ्जुको घरमा बसेका दिनदेखी म एक्लै स्कुल त्यहि नै पहिलोपल्ट थियो। मञ्जुसँग कुरा गर्न पनि पाईन। त्यसपछि त झन् मलाई नरमाईलो लाग्यो। सोमबार देखि बार्षिक परीक्षा सुरु हुँदै थियो, अघिल्लो शुक्रबार सदा झैँ म आफ्नै घर गएँ। घरमा पनि केहि कुरा गरिन। सोमबार हुने अंग्रेजी बिषयको किताब पो हेर्नु प-र्यो भनेर बेलुका किताव पल्टाँउदा एउटा चिठ्ठी भेटेँ। चिठ्ठी मञ्जुले लेखेको रहेछ। "ओम दाई, समयसँधै आफूले सोचेजस्तो हुँदोरहेनछ। मानिसको रुपमा जन्मेपछि यो जीवन पनि बिभिन्न बाध्यता र परिस्थितिले बाँधिएर जेलिँदोरहेछ। सत्यकुरालाई पनि अनुमान र हल्लाहरुले छोपेर गुम्स्याँउदाँ रहेछन् यहाँ। मानिसको जात भनेको अर्काको राम्रो र भलो देख्नै नसक्ने भिड मात्र रहेछ। यहाँ आफ्नो सत्यतामा हिड्ने मानिसलाई केहि न केहि झुटा लान्छाना र अभियोगले टिक्न नसक्ने बनाउँदा रहेछन्। यस्तो पनि हुन्छ भन्ने कुरा त मैले सपनामा पनि सोचेकी थिएन्। जुन मैले कल्पना नै गरेकी थिईन्, त्यो कुरा आज म आफैँ भोग्दैछु। हामी सँगै ओखल्ढुंगा गएको र होटलमा बास बसेको कुरालाई लिएर ममीलाई दुनियाँले के के कुरा सुनाएछन्। तपाईँले स्कुलमा गर्ने भनेको गोप्य कुरा ममीले सुनेपछि त उहाँलाई झन् बढि बिश्बास भएछ। सबै कुरा यहाँ म गर्न असमर्थ छु, भन्ने समय आएछ भने अबश्यै भन्नेछु। म मात्र नभएर यो दुष्चक्रमा तपाईँ पनि फस्नु भयो। न त यस्मा तपाईँको दोष छ न मेरो। तर पनि अर्काको कुभलोमा रमाउने यस समाजको अगाडि हामीले के नै गर्न सक्छौँ र? मेरो एउटा बिनम्र बिन्ति छ, प्लिज तपाईँ मेरो घरमा अबदेखी नबस्नुस् है! हामीले अस्तिनै कुरा गरेका थिएम् नि, बरु तपाईँ एउटा कोठा खोजेर बस्नुस्, अनि तेहिँ ट्युसन पढाउनुस्। म पनि सकेसम्म केटाकेटी खोज्ने कोशिष गर्छु। कोठाको लागि त केहि समस्या छैन, पैसा तिरेपछि जहाँ पनि पाईहालिन्छ। ओमदाई, मैले ममी र बाबालाई सबै सत्यकुरा भनेकी छु। उहाँहरुले पनि कुरा राम्रैसँग बुझ्नु भा छ जस्तो लाग्छ तर पनि यो समाज नै यस्तो छ, के गर्नु। आसा छ, केहि समय पछि नै सबै कुरा ठीक हुँदै जाला। यी सब कुराको लागि सरी है! -मञ्जु" साझाल्यान्ड, ९ भदौ, २०६२
Read Full Discussion Thread for this article