Posted by: Ok August 26, 2005
Manju, Malai Maaf Gara Hai !--II
Login in to Rate this Post:     0       ?        
हैन, यो मेरो धागो त एक दिनमा ३ कान्ला तलतिर पुग्छ भनेको, कसरी तान्ने होला अगाडि :) ए साथिहरु हेल्प गरम् न- १/२ खण्ड लेख्न। म भाग लाउँछु है! १. खण्ड २५ चाहीँ मै लेख्ने। २. खण्ड २६ दादा ३. खण्ड २७ पण्डित ४. खण्ड २८ भउते अनि म फेरी हालुम्ला नि! :) मञ्जु, मलाई माफ गर है! आत्मकथा-ओके खण्ड २५ हामी घरमा पुग्दा बिहानको ८ जति बजेको थियो। भोकले ढुङ्गो खाउँ कि माटो खाँउ जस्तो भाथ्यो। घनश्यामसर घरमा हुनुहुदोरहेनछ। ममी चाहिँ भित्र भात पकाउँदै हुनुहुँदो रहेछ। "ममी, हामी आईपुगिउँ!" मञ्जु फुरुंग पर्दै भान्सैमा पुग्न खोजिन्। "ए आईपुगेछन् त यिनीहरु पनि। हिँजो काँहा बसेउ? किन नआएका हिँजो? हामीलाई कस्तो भो यहाँ। मञ्जुको बुबा रातभरि निदाउन सक्नु भा छैन"। ममीका यि धारबाहिक जिज्ञासाहरुको उतर दिन लागिन् मञ्जु। म पनि छेवैको आँटीको छेउको पिरामा बसेर मञ्जुको कुरामा सहि थप्दै, कुरा पनि थप्दै गर्न लागेँ। सासै नफेरी सकिन मञ्जुले सबैकुरा। "कस्ता मोराहरु, समयमै गर्नु पर्छ नि प्रतियोगिता पनि" ममीको रिस पोखियो। घनश्यामसर पनि आईपुग्नु भो र भन्नु भो "ए राम्रैसँग आईपुगेउ, तिमीहरु। कस्तो लेख्यौ त निबन्ध"। घनश्यामसरले चाहीँ अरु केहि कुरा पनि सोध्नु भएन। भात खाँदा पनि मञ्जुले हिँजो ओखल्ढुंगाको गफ गरिरहिन्। एकदुई दिन त उनको त्यहि मात्र गफ बन्यो। दिनहरु बित्दै गए। सुरुसुरुमा त मैले त्यति यादै गरिन। तर बिस्तारै बिस्तारै मैले मञ्जुको घरमा फरकपना पाउन थालेँ। म प्रति गरिने ब्याबहारमा पनि मैले निकै नै अन्तर पाएँ। मञ्जु त पहिलेकै जस्तै थिईन्। केहि परिवर्तन थिएन। पहिलेको जस्तो घुलमिल चाहिँ भएन, कम हुँदै गयो। निकै नै सतर्क थिएन् मञ्जु पनि। उमेर बढ्दै जाँदा केटीहरुमा सँकोच बढ्दै जानु र सतर्क हुन खोज्नु त सामान्य कुरा नै हो जस्तो लाग्यो। घनश्यामसरमा पनि छर्लैंगै देखिने खालको भिन्नता चाहिँ मैले महसुस गरिन। तर मञ्जुको ममीको मप्रतिको ब्यबहार चाहिँ निकै फरक थियो। मसँग पहिलाको जस्तो खुलेर बोल्न छाड्नु भो। मलाई देख्दा सधैँजस्तो मुसुक्क मुस्काउने उहाँको चेहारा कुनै प्रतिकृयाहिन भैसक्यो। मलाई बोलाउँदा सधैँ "बाबु" भन्नु हुन्थ्यो, "ओम" मात्र भन्न थाल्नु भयो। दिनहरु बित्दै जाँदा यो फरकपना झन् बढ्दै गयो, घटेन। मबाट केहि गल्ति भयो कि भन्ने कुरा मनमा खेलिरहन्थ्यो। शुरुसुरुमा घनश्यामसरकोमा बस्ता खुशि र उमंगले रमाउने मन दिनप्रतिदिन गह्रौँ र हिनताबोधले पिडामय हुँदै गयो। कहिले काहीँ चाहीँ "नबिराउनु नडराउनु" भन्ने सोच्दै मन दरो बनाउँथे। मञ्जुको परिबारसँग नराम्रो हुँदा लाग्ने पीर भन्दा मञ्जुको घरमा बस्न नपाई पढ्न नपाएको बेदना चाहीँ मलाई कल्पना गर्न नै कठीन हुन्थ्यो। १ बर्षको बाँकि पढाई पुरा गर्न पाए, हारगुहार गरेर भए पनि एउटा माष्टरको जागिर खाने थिएँ र भाईबहिनिलाई स्कुल पठाउँदै आमाको सपना पुरा गर्न पाउने आसमा थिएँ। यो कठीन समयमा मञ्जुको परिबारसँगको फरकपनाले मलाई धेरै नै चिन्तित बनायो। क्रमशः
Read Full Discussion Thread for this article