Posted by: Dada_Giri August 25, 2005
BHAUTE HARAEKO SUCHANA
Login in to Rate this Post:     0       ?        
बुऽकि फुऽल सिउरेर सरैमा पर्खीऽ बऽसे आँधीको तिरैमा! मौका मिले हिउँदैमा आइदिउँला हे जमुना बुँलाकी ल्यादिउँला! बुऽकि फुऽल ... ... ... आँधी खोला बेसरी सुसायो तिम्रो मेरो पिरती टुसायो! बुऽकि फुऽल ... ... ... जमुनालाई उडायो लाउरेले कुरा काट गाउँघरका चाउरेले! बुऽकि फुऽल सिउरेर सरैमा पर्खीऽ बऽसे आँधीको तिरैमा! ठाइंला मामाले अमिलो मुख बनाम्दै थिए। "उपरसेठलाई दिनी भनेको, हेर मति बिग्रेर बजिनीको लाउरेसित गैछ..." भन्छन् बा। "हैन काँको लाउरे हो बाहुन बा?" भनेर मैले सोधेको त। अम्रिकाको हुम् भन्थो। त्यहीँ कियर नेपालमा काम अर्छु भनो, राती आऽका पाहुनालाई बास दिनै प-यो, भुनेर बास दिएँ। मकै भुटेर दिएँ। "छोरीसित महि पनि मागेर खाऊ! बाबु! भुनेर माथि बार्दलितिर उक्लेँ।" "मुही पनि दिनी हो र बा?" भनी छोरीले। म माथि थिएँ "दे दे! पाहुनालाई के को नदिनु नि।" भने। मैले महि दे छोरी, भनेँ। उसले त "बाले छोरीसित मुई मागेर खाएस् भन्याछन् नपत्याए सोध, भनेर ढाँटेछ।" "फेरि, दिनी हो र बा?" भन्दै थिई। मैले "हुन्छ, हुन्छ मागे जति दे।!" भने। बिहान उठ्दा लाउरे त छैन छैन छोरी पनि छैन बा। अब पाहुनालाई बाँधेर राख्न मिलेन भैँसी बाँध्नी साग्लांले, छोरीलाई बाँध्न नि मिलेन, भनेर झोक्राम्दै थिए बुढा। हैन यो लाहुरे कुन रेछ ... ... ...
Read Full Discussion Thread for this article