Posted by: nepalean August 25, 2005
VOTE FOR/NOT MAOIST!
Login in to Rate this Post:     0       ?        
साझामा धेरै गफ गाफ हुन्छन । ति मध्य बढीले अहिलेको बर्तमान स्थिति मा आफ्ना मत अभिमत राख्नुभएको छ । संसारको बिभिन्न कुनाबाट आफ्नो देशलाई माया देखाउनु प्रशंशिय छ । सबैले आफ्नो आफ्नो बूझाइ अनुसार तर्क बितर्क उहाहरुको हेराइबाट ठिकै होला । बूझाइ फरक फरक भए पनि हाम्रो देशको स्थिति त सबैको आखामा एउटै छ - गरिबी । यसले गर्दा बिकास स्थिति संसारकै तल्लो तहमा पूगेको छ । अब त शिक्षा , स्वास्थ मात्रै होइन की सुरक्षा पनि दयनिय स्थितिमा छ । इतिहासमा यो भन्दा ठुलो सजाय जनता लाइ केहि हुने छैन । यस्तो सजाय को भागीदार हुन नेपालि जनता ले के गरेका छन र ? जनतलाइ समस्या बाट मुक्ति दिने आश्वासन दिदै राजा, पार्टि र माओबादिले जनतालाइ झन झन दु : ख दिएका छन । मलाइ जनतालाइ बढी सपना बाढ्ने माओबादि ले झन दु : ख दिएको आभास भए पनि साझाका साथिहरु को बिचार के रहेछ भनेर मैले यो भोटिङ राखेको हु । भोटको लागि सबै साझा साथिहरुलाइ धेरै धेरै धन्यबाद । ------------------------------------------------------- नेपालियन संयुक्त राज्य अमेरिका
Read Full Discussion Thread for this article