Posted by: Bhaute August 25, 2005
BHAUTE HARAEKO SUCHANA
Login in to Rate this Post:     0       ?        
हरे शिब शिब शिब ! कस्का भुँडि बोक्थी र विचरीले। त्यै आँधिखोलो जस्तै पवित्र छे, शंकै नगर्नुस। क्यै परो भने म भएँ ल। त्यो त उता पुष्पपुरी नानी (matrixrose) सँगको कुरो पो त। ति नानी भर्खर अम्रिका तिराट आकि रइछन, के के जाति त्यतैका भाषा बोलिन र नबुझेर सोधेको पो त। अस्ति जमुनीलाई माग्न बेसारडाँडा तिराट इन्जिनर आ'का रछन्। " मेरी छोरी लानेहो भुने उपरसेठ (ओभरसियर) भे'र आउ, जाबो इन्जिनर हुँदैमा छोरी दिन्न" भनेछन् ठाइँला मामाले। अब विचरा मामालाई उपरसेठ ठुलो कि ईन्जिनर ठुलो के थाह ? अब गाम्मा पसेर कुखुरा र रउसि खाने सबै उपरसेठ। इन्जिनर भन्ने त कैलेकाहिँ मात्र नाम सुनेका। हेरुम कुरा गरिहेर्छु के रे। अँ साच्चि, त्यो पुन्टेदाइ धोबिनि सँग सल्केर हैरान छ रे। "लौ न बाबु दाइलाई सम्झाइदिनुस, म क्यै बोलो भुने खुर्पा निकालेर तँलाई यैँ छ्याक्क छिनाल्छु भनेर लखेट्छन्। डंकिनीले मोहनिजाल मै पारी जस्तो छ।" भनेर बाटुली भाउजु हिजो पँधेरामा रोएर उत्पात। मलाई नि अलि डर नै लाग्छ के। अलि बाउँठिएका छन् नि ति दाइ त फेरि। हजुर त सँगै देशाँ बसेको मुन्छे। त्यो के जाति एरिया तिर नि हजुरहरु सँगै जानुहुन्थ्यो रे भन्ने सुनेको थिएँ। नेपालाँ पनि देशाँ जस्तो त्यसरी गै राख्न हुन्न, घर मै चन्द्रमा जस्ती भाउजु छदैछन् नि, भनेर सम्झाइदिनुस न। :) -भउते
Read Full Discussion Thread for this article