Posted by: shree5 August 24, 2005
BHAUTE HARAEKO SUCHANA
Login in to Rate this Post:     0       ?        
एउटा ठूलो पाङ्ग्रो भएको मिसिन हुँदो रैछ, तेसमा किर्सिनी तेल हालेसी त्यो पाङ्ग्रो फनफनी घुम्दो रहेछ । अनि त्यो घुम्नी पाङ्ग्रामा एउटा फित्ता जोडेर एका पट्टी धान कुट्नी, आर्का पट्टी कोदो पिस्नी अरु मिसिन मा जोड्दा रैछन। धान कुट्नी र कोदो पिस्नी त कति छिटो गर्दो रहेछ कति छिटो, बोलेर साँदी छैन । अनि अब हाम्रा ढिकी जाँता त यत्तिकै माटामै गाडे पुनि हुनी के रे, यो मिल मिसिन त थर्कीनी भएर छुट्टै जग हाल्न पर्नि रैछ। जग पुनि कस्तो भनी सिल्मट्टी (cement) लाएर बलियो बज्र बनाम्न पर्नी ।अनि तेस्तै सिल्मट्टी लाको एउटा रह भरि पानी राख्दा रैछन, मिल चल्दा त मिलले पानी खानी फेरि वाक्नी पानी खानी फेरि वाक्नी गर्दो रैछ त्यो रहबाट । तात्छ अरे के रे, अनि पानीले चिसो बनाम्छ अरे, येसो पानी छामेको मेरा बाबै च्वात्तै पोल्दो रैछ। अनि एउटा पयप (pipe) भन्नी ढुङ्ग्रो बाट बाहिर धुँवा जादो रैछ। मिल कराउनी भनेको त तेही धुवाँ जाँदा हो रहेछ । कसरी तेस्तो कराम्दो रहेछ भनेर बाहिर त्यो पयप को टुप्पा सम्मै हेर्न गाको त , ए रातै, कति बाठा हुन यि मिलारे भौते। मिलको आवाज ठुलो बनाम्न भनेर त एउटा सिल्टे (aluminium) को बौनामा सानो दूलो छेडेर त्यो बौनालई साङ्लाले त्यो पयपको टुप्पामा बाँधेका बाई । त्यही भएर पो ट्याउँ - ट्याउँ ति गामै थर्किनी गरि कराम्दो रहेछ त त्यो मिल । फेरि मिल चालु भएर करायो कि दादाको मुक्तिनाथ तिरबाट लेराको कुकुर कहिल्यै त्यस्तो आवाज नसुनेको के रे, ह्वाङ्ग - ह्वाङ्ग ति भुक्दो रहेछ, भुक्दा भुक्दा घाँटी सुकेर दादाको कुकुर त मर्नै लागेको छ अरे । जेहोस, मिलारे भौतेको मिल पुनि देखियो, सपनामै भए पुनि । Keep rolling...
Read Full Discussion Thread for this article