Posted by: Ok August 21, 2005
Manju, Malai Maaf Gara Hai !--II
Login in to Rate this Post:     0       ?        
थाकेर होला मञ्जु त एकछिन् पछि निदाए जस्तो लाग्यो। मलाई चाहिँ निद्रा लागेन। मनमा के के कुरा खेलिरहेछ। यतिका दिनसम्म मञ्जुको घरमा बस्ता मलाई केहि कस्तो पनि भको थिएन, लागेको थिएन। तर आज मलाई कस्तो कस्तो लागिरहेछ। कोल्टो फर्कदैँ निदाउने कोशिष गरेँ, तर पनि निदाउन सकिन। २ पटक त शौचालय गएँ, मञ्जुले थाहा नै पाईनन्। उनि त मस्त निद्रामा थिईन्। बाहिर सब चकमन्न छ, सबै सुनसान। मध्येरात भको हुँदो हो, तेस्रोपटक शौचालय गएर फर्केर ढोका लगाउँदा आबाज निस्क्यो। मञ्जुलाई डिष्टर्ब भएछ क्यारे, कोल्टो फेर्दै भित्तातिर फर्किईन् र उनले ओढेको सिरक त्यो सानो खाटमा अट्न नसकेर भुईँमा खस्यो, उनले चाल नै पाईनन्। मैले सरक्क त्यो सिरक टिपेर फेरी मुख चाहीँ नछोपीने गरी ओढाईदिएँ र आफ्नै चकटिमा गएर बस्तै भित्तामा अडेस लागेँ, अनि फेरी उहि सोचाईहरु। कुनै पनि सीमा नराखि आफ्नो बिगत, मञ्जुसँगको परिचय, अनि घनश्यामसरको घरको बसाई, सबै कुराहरु एकाएक गर्दै मेरा मानसपटलमा नाचे। भबिश्यका कल्पनाहरु पनि घुमे। सबैकुराहरु एकपछि अर्को गर्दै आए, केबल निद्रा बाहेक। मञ्जुको कुरा दिमागमा खेल्ने बितिक्कै उठेर सुटुक्क उनको अनुहार हेर्थेँ अँध्यारैमा। स्बाँ स्बाँ को आबाजसँगै मञ्जु मस्त निद्रामा छिन्। "अहा! कति मीठो निद्रा" भित्रैदेखि खुसि लाग्थ्यो र एक्लै मुसुक्क मुस्काउँदै आफ्नै ठाँउमा गएर बस्थेँ। भालेको डाकसँगै मञ्जुको निन्द्रा पनि खुलेछ। जुरुक्क उठिन् र सलाई कोरेर टुकि बालिन्। अडेस् लागेर बसिरहेको मतिर झट्ट हेरेर भनिन् "तपाई सुत्नु भाको छैन?"। "म भर्खर बिउझिएको तिमी भन्दा एकैछिन् अगाडि" मैले ढाटेँ। उनी "अब तपाईँ खाटमा सुत्नुस् म भुईँमा सुत्छु" भन्दै थिईन् तर मैले "अब उज्यालो हुन लाग्यो, बाटो लाग्नु पर्छ" भनेर हिड्ने कुरा गरेँ। उज्यालो नहुन्जेल गफ गरेरै समय बितायौँ र बिहानीको मिर्मिरमै ओखल्ढुंगा बजारलाई बिदा गर्दै घर तिर लाग्यौँ। साझाल्यान्ड, ५ भदौ, २०६२
Read Full Discussion Thread for this article