Posted by: Ok August 21, 2005
Manju, Malai Maaf Gara Hai !--II
Login in to Rate this Post:     0       ?        
म त 'अब यो धागो धेरै भित्र पस्यो खोज्दा पनि भेटिन्न होला' भनेर क्या मख्ख परेको त हाम्रो पाउनाजीले पाउकष्ट गरेर फेरी निकालिदिनु भएछ। अब नदेखिनु देखिए पछि किन नलेख्नु भनेर लेख्न बस्न खोजेको कथै झण्डै बिर्सिएँछु (हेहे)। सकेसम्म सम्झिएर एउटा खण्ड फेरी थप्ने जमर्को गरेको छु। खण्ड २३ बाटः (..."ओम दाई, घर पुग्न त सकिन्न। फेरी जँगलको बाटो छ। डर लाग्छ। यता कतै बास बस्न पाईँदैन र एकरातलाई। बाबाले दिएको २०० रुपियाँले बस्न पुग्दैन र?" मञ्जुले घर जाने आँट गरिनन्। मलाई पनि घर पुग्न सकिन्छ जस्तो त लागेको थिएन तर पनि केहि उपाय नभए पछि त के गर्नु र? भनेर मात्र जाने कुरा गरेको थिएँ। "यताउता बुझौँ है त!" भनेर बजारमा रहेका सस्ता होटलहरु सोध्न लागेउँ) मञ्जु, मलाई माफ गर है ! आत्मकथा - ओके खण्ड २४ पश्चिमपट्टीको छितिजमा घामको डुबानसँगै ओखल्ढुंगा बजारले पनि बेलुकीपखको हतारोलाई झन् बढाईदियो। सबैजना आ-आफ्ना कामहरु सकेर बासस्थान फिर्ने जमर्को गर्दै थिए। नजीकपासोका मानिसहरु बजारलाई छिटोछिटो बिदा गर्दै आ-आफ्ना बाटो तताउँदै थिए । टाढाटाढा घर हुनेहरु रातलाई कटाउने उपायखोज्दै आ-आफ्ना बुता र हैसियत अनुसारका होटलहरु चाहर्दै थिए । मञ्जु र मेरो पनि अब एउटै मात्र उपाय बाँकि थियो 'सकेसम्म सस्तो होटल खोजेर आजको रात कटाउने र भोली मिर्मिरे हुन नपाउँदै घर तिर लाग्ने'। कहिल्यै पनि ओखल्ढुंगा बजारमा नबसेकाले 'के होला र कस्तो होला' भन्ने एककिसिमको भुटभुटीनै नै भैसकेको थियो हामीहरुलाई । बरिपरिका स-साना होटलहरु सोध्दै गयौँ। धेरै होटलहरु त पहिले नै बुक भैसकेका रहेछन्। ४/५ वटा जति ठाँउमा सोधिसकेपछि एउटा होटलमा कोठा खालि रहेछन्। एकरातको बास बसेको एउटा कोठाको रु. १०० तिर्नु पर्ने। आज बिहान मञ्जुको ममीले पठाएको खाजा खाने समय पनि पाएकै थिएनौ। मनमनै बिचार गरेँ "खाना त त्यहि खाजा खाए भैहाल्छ। २ वटै कोठा लिए पनि हामीसँग भको पैसाले त पुग्ने रहेछ। खै फेरी मञ्जु एक्लै सुत्न डराउने हुन कि फेरी!"। "मञ्जु, तिमी एक्लै एउटा कोठामा सुत्न सक्छेउ?" मेरो कुरा पुरै खस्न नपाउदैँ निकै नि डर लाग्ने जस्तो हाउभाउमा मञ्जुले भनिन् "दाई, नाई मलाई त डर लाग्छ के। तपाईँ र म एउटै कोठामा बस्ने, हुन्न र?"। यसो भनिरहँदा मञ्जुले कुनै पनि अप्ठ्यारो मानिरहेकी थिईनन्। सायद उनलाई डर भन्दा ठूलो अरु कुरा केहि लागेन होला त्यसबेला। नाता नपर्ने दुईजना १४/१५ बर्षे केटा र केटी एउटै कोठामा रात बिताउदा भोली रुढिबादी समाजले हामीलाई हेर्ने दृष्टिकोण, भलै हामीले कुनै नराम्रो काम नगरेको नै किन नहोस्, बारे उनले सोच्नै भ्याईनन्। क्रमशः
Read Full Discussion Thread for this article