Posted by: shree5 August 16, 2005
BICHARA girija BAHULAYECHA
Login in to Rate this Post:     0       ?        
यस्ता दैत्य, दानव, राक्षस हरु को उमेरको कारणले काल आउने होईन । यिनीहरुको एउटै ठाउँमा काल हुन्छ र सबै एकै पटक मर्छन। त्यसैले, तिलीचो ताल बाट पनि २ दिन उत्तर हिँडेर गए पछि अर्को एउटा ताल आउँछ। तर त्यो बाटो एक दम कठीन छ। चिसो मरभूमि पुरै, अनि बाटोमा जताततै quicksand छ र बिच्छी, सर्प जस्ता डर लाग्दा डर लाग्दा जनावर हरुले बाटो ढुकेर बसेका हुन्छन। तर कोही साहसी, बहादुर मानिस त्यो तालमा पुग्न सक्यो भने उसले तालको बीचमा एउटा सिंगमरमरको खम्बा देख्नेछ। ताल गहिरो छैन, र बिचसम्म पुग्दा घाँटी, घाँटी मात्रै सम्म पानी आउँछ। तालमा कुनै प्राणी छैन, तर पानी यस्तो चिसो छ कि त्यहाँ जे लगेर हाले पनि तुरुन्तै जम्छ । तर कोही साहसी, बहादुर मानिस त्यो तालको बीचमा पुगेर एक मुड्की हान्यो भने त्यो बीचमा रहेको सिंगमरमरको खम्बा फुट्नेछ। अनि त्यसबाट तीन वटा भमराहरु निस्कनेछन्। पहिलो भमरा आकाश तिर जान्छ, बीचको पृथ्वीमा नै हराउन खोज्नेछ र तेस्रो पाताल तिर पानी भित्र जान्छ। त्यो बीचको भमरा लाई हातमा थुनेर किचीमिची पारेर मार्न सक्यो भने एकै पटकमा गड्याङ्ग-गुडुङ्गको आवाज आउनेछ, ठूलो भूईंचालो गए जस्तो हुनेछ र सवै राक्षसहरु गिरीजासुर, देउवासुर, माधु-कैटव, चण्ड, मुण्ड, प्रचण्ड सबै एकै पटक मर्ने छन। काल आएर एक्ला एक्लै मर्ने होइन यिनीहरु, राक्षसहरुको काल त सबै एकै ठाउँमा बसेको हुन्छ। काल आएर मर्ने भए त वृद्ध-बालक कृष्णप्रसाद भट्टराई उहिले नै मरि सक्थ्यो नि। त्यसैले गगन अब तिलीचो ताल तिर लागे बेस हुनेछ। ****** आज दिउसो सुतेको त यस्तो सपना पो देखिएछ त । Keep rolling...
Read Full Discussion Thread for this article